CG Electronics
IME Life
NIMB

नेकपा बैठकः १६ गतेसम्म स्थगित

NIMB
Himalayan Bank

काठमाडौँ – सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार मदन भण्डारी जयन्ती भएको हुँदा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र सोमबार असार १५ भएकोले बैठक १६ गते बालुवाटारमै बस्ने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।बुधबारबाट सुरु भएको बैठकको तेस्रो दिन पनि भारतसँगको सीमा विवादमै केन्द्रित भएर छलफल भएको थियो ।

बैठकमा २१ स्थायी कमिटी सदस्यले धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए । देवेन्द पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ्, जनादर्न शर्मा, गिरिराजमणी पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्द कुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, शक्ति बस्नेत, बामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ्, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कँडेलले बोलेका थिए ।

बोल्ने सबै नेताहरुले नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्सा प्रकाशित गर्ने र त्यसलाई संविधानको अनुसूचिमा समेत समावेश गर्ने काम गरेर ऐतिहासिक पहल गरिएको भन्दै सरकारको प्रशंसा गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब राष्ट्रिय एकता कायम गरेर नै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले गम्भिर कदम चाल्नुपर्नेमा सबै नेताहरुले जोड दिएका थिए ।

शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि सरकारले गरिरहेको पहलबारे ब्रिफिङ गरेका थिए । नेपालले भारतसँग बारम्बार वार्ताका लागि प्रस्ताव गर्दा पनि भारत वार्ताका लागि सकारात्मक नदेखिएको मन्त्री ज्ञवालीले ब्रिफिङ गरेका थिए ।तेस्रो दिन पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकको सुरुमा उपस्थित भएर केहीबेरमै निस्किएका थिए ।

त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बैठकमा बस्न नसको जानकारी दिएका थिए ।शुक्रबार प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएका थिएनन् । बैठकलाई छल्न खोजेको भन्दै नेताहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...