nic bank
himalayan everesat
Nmb bank

गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंकले शुरू गर्यो संयुक्त कारोबार

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आज असार २१ गते बाट संयुक्त कारोबार शुभारम्भ गरेको छ । आइतबार पोखरामा एक समारोहकाबीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरी ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट एकीकृत कारोबार शुरू गरिएको हो ।

पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएको घोषणा गर्दै मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भई मेगा बैंक देशकै ठूलो मध्येको एक “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए । अध्यक्ष शाहका अनुसार, मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ ।

कार्यक्रममा बोल्दै साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले गण्डकी विकास बैंकले स्थापनाको छोटो सयममै गण्डकी प्रदेशसहित विभिन्न प्रदेशका ग्राहकहरुको मन जित्न सफल भएको र अब त्यो विश्वास र माया मेगा बैंकमा सरेको बताए ।

कार्यक्रममा मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ वटा भएको बताइन् । अब मेगा बैंकको शाखा सञ्जालका हिसाबले वागमती प्रदेशपछि गण्डकी प्रदेश दोस्रो नम्बरमा रहेको उनले बताइन् । उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको ओज बढेको उल्लेख गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल अब ५८ वटा जिल्लामा फैलिएको जानकारी दिइन् ।

सीइओ खुञ्जेलीका अनुसार, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११औं स्थानमा रहेको छ । यसैगरी, मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ ।

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५७

  ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक...

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:१८

    कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक...

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०३:१३

  लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो ‘भिडियो केवाईसी’ सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो...

वि.सं.२०८१ वैशाख १२ बुधवार ०४:३५

नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले...

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...