सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो सेयर कर्जा योजना
Monday Jul 27, 2020
वि.सं.२०७७ साउन १२ सोमवार २३:५३

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरि सांग्रिला सेयर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९।९९ प्रतिशत व्याजदरमा सेयर खरीद अगाडिनै कर्जा सिमा प्रदान गरिने तथा आफुसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।
यस सेयर कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थपरघट गर्न सक्नेछन् ।
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा दिँदै आएको छ ।























