मुख्य खबर

सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा बोनस’ अफर

  • आर्थिक प्लस संवाददाता

    २०७७ श्रावण १२ गते, सोमबार २३:४३ मा प्रकाशित

काठमाडौं –  केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले रिफरमा बोनस अफर आफ्ना ग्राहक माझ ल्याएको छ ।

यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेटरटिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् ।

इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।

http://noc.org.np/