CG Electronics
IME Life
NIMB

महामारीमा अमेरिकाका नेपालीहरूको धन्यवाद दिवस (थ्याङ्कसगिभिङ् डे )यस्तो रह्यो

NIMB
Himalayan Bank

डिसी महानगर क्षेत्र । कोरोना भाइरसको चरम प्रभावमा परेको अमेरिकामा यस बर्ष पनि नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ मनाएका छन् । बिगत बर्ष झैँ हर्सौल्लास र मनोरंजन रुपमा मनाउन भने सकेनन । तर पनि सीमित परिवार सदस्यहरुको जमघटमा धन्यवाद दिवस मनाएका छन ।

अमेरिकामा विभिन्न राज्यहरुमा समयको फरक हुने हुनाले मनाउने क्रम अझ जारी छ । अमेरिकामा भेला नहुन,जमघट नहुन यत्र तत्र सर्वत्र आब्हान गरिएकोले ईतिहासमै पहिलो पटक कम संख्यामा भेला भई धन्यवाद दिवस मनाएका छन ।

धेरै राज्य र सहरहरुमा परोक्ष९जुम०रुपमा समेत मनाएका छन । अमेरिकामा एक राज्य र शहरबाट अर्को राज्य र सहर जाने क्रममा कमि भएको छ । तर पनि आफन्त भेट्न र महत्वपूर्ण चाड भएकोले आवत जावत गर्ने क्रम पातलो रहन पुगेको छ ।

अमेरिकामा ईसाई पर्व ९क्रिसमस०पछिको सर्वाधिक दोश्रो ठूलो पर्वका रुपमा मनाइने ‘धन्यवाद दिवस’मा नेपाली समुदायले पनि आफ्ना परिवार बीच आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरु खाएर धन्यवाद दिवस मनाएका छन् ।

ुधन्यवाद दिवस’ पर्वमा मुख्यरुपमा अमेरिकामा पाइने कालिज जस्तो ठूलो चरा टर्की अर्थात् पातालमयूरको मासुलाई विभिन्न तरीकाले बनाएर खाइन्छ भने साथमा अन्य परिकारका चिजहरु समेत व्यवस्था गरिन्छ ।

उक्त पर्वको अवसरमा परम्परा अनुसार व्हाइट हाउसमा राष्ट्रपतिको अगाडि जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त ‘पार्डोनिंग’ अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बर २४ का दिन अगाडी राखिएको थियो भने उनले क्षमायाचना दिएका थिए ।

सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ । यो ‘थ्याङ्कसगिभिङ् डे’ अर्थात् धन्यवाद दिवसमा सार्बजनिक बिदा हुने हुनाले नेपाली समुदायका अधिकांश बिशेष गरि दोश्रो पुस्ताका किशोर किशोरी ,बालबालिका लगायत पहिला पुस्ताले पनि यसलाई आफ्नै चाड झैँ मनाउन थालिएको छ ।

यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन ९परेड ०पनि हुन्छ । तर यस बर्ष कोरोना महामारीको कारण सामाजिक दूरी र स्वास्थ्यका सबै सावधानी अपनाई प्रदर्शन पनि गरिएको छ । यस बर्ष अत्यधिक स्थानमा उक्त झाँकी प्रदर्शन स्थगित गरियो ।

‘थ्याङ्कसगिभिङ् डे’ इसाईहरुको एउटा प्रमुख चाड हो भने अमेरिकामा यो पर्व बढो धुमधाम र अझ उत्साहजनक रुपमा मनाइन्छ । यो पर्व संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

स्मरण रहोस ,अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । अमेरिकामा धन्यवाद दिवस को भोलिपल्ट शुक्रबार पर्छ र उक्त शुक्रबारलाई कालो शुक्रबार ९ब्ल्याक फ्राइडे ०भनिन्छ। उक्त कालो शुक्रबार को दिन अत्यधिक सस्तोमा सामान बिक्री गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ ।

इतिहास स् धन्यबाद दिवसमा कसरी सार्वजनिक बिदा दिइएको हो स् तत्कालिन समयमा सराह हेल नाम गरेकी लेखिका तथा सम्पादकले राष्ट्रपति अब्राहम लिंकनलाई धन्यबाद दिवसको बारेमा लेखि यसलाई बार्षिक राष्ट्रिय बिदा दिनु पर्छ भनेर उत्प्रेरणा गरेकी थिइन् । त्यसैले अमेरिकामा धन्यवाद दिवसमा सराह हेललाई सबैले सम्झन्छन ।

१८६३ मा हेलले ३५ बर्ष सम्म उनले गरेको याचिका र अभिव्यक्तिको कारण राष्ट्रपति लिंकन सोच्न बाध्य भए । अन्तत्वगत्वा सोही बर्ष लिङ्कनले राष्ट्रिय सार्वजनिक बिदाको घोषणा गरेका थिए ।

वास्तवमा यो दिवस फसल ९बाली० फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । युरोपेलीहरु आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालीन समयमा खेतीपाती गर्न प्रारम्भ गरे ।

फसल ९बाली काट्ने० बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यहीबाट धन्यबाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै बिषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनियाबाट प्रारम्भ भएको मानिन्छ ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...