CG Electronics
IME Life
NIMB

प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाको आजदेखि निरन्तर सुनुवाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाको निरन्तर सुनुवाई गर्ने भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ लगायतले दायर गरेका रिटमाथि निरन्तर सुनुवाई हुने भएको हो ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा र तेजवहादुर केसी सदस्य छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए । उक्त कदम असंवैधानिक भन्दै दायर गरेको रिटमाथी संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाई पछि अदालतले राष्ट्रपति,प्रधानमन्त्री र सभामुखसँग जवाफ मागेको थियो ।

अदालतको आदेश अनुसार राष्ट्रपति,प्रधानमन्त्री र सभामुखले आ आफ्नो लिखिति जवाफ पेश गरिसकेका छन् ।

सर्वोच्वले अदालतलाई सघाउन एमिकस क्युरी पनि माग गरेकोले बरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, शतिसकृष्ण खरेल, बिजयकान्त मैनाली, पुर्णमान शाक्य र गीता पाठक संग्रौला रहेको एमिकस क्युरी गठन भइसकेको छ ।

तर संवैधानिक इजलास र एमीकस क्युरीमा स्वार्थ बाझिने तथा पहिला नै यसबारे अप्रत्यक्ष रुपमा धारणा व्यक्त गरेका न्यायधिश तथा अधिवक्ताहरु परेकोले मद्धा प्रभावित हुने भन्दै रिद निवेदकहरुले सो मुद्धा सर्बोच्च अदालतको वृहत पूर्ण इजलासमा सुनुवाई गर्न माग गरेका छन् । रिट निवेदक बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासबाट सर्बोच्च अदालतको वृहत पूर्ण इजलासमा सुनुवाईका लागि सार्न आजको इजलासमा दिने तयारी छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...