मुख्य खबर

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ मा दिल्ली जादैं

  • आर्थिक प्लस संवाददाता

    २०७७ पुष २२ गते, बुधबार ०७:३३ मा प्रकाशित

काठमाडौं । परराष्ट्रसचिवस्तरीय औपचारिक वार्ता भएको दुई महिनापछि नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक पनि बस्ने भएको छ । २ माघमा हुने आयोगको छैंटौं बैठकका लागि परराष्ट्रमन्त्री प्रदीय ज्ञवाली १ माघमा नयाँदिल्ली जाँदैं छन् ।

मंगलबार साँझसम्म नेपाल र भारत दुवैले बैठकको मिति सार्वजनिक गरेका छैनन् । तर, उच्च कूटनीतिक स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको तीन दिनको भ्रमणसमेत तय भइसकेको छ ।

गत वर्ष सुरुमा भारतले र पछि नेपालले जारी गरेको नयाँ नक्साबारे देखिएको दुई देशको विवादबीच आयोगको बैठक बस्ने तय भएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि दिल्ली जाने तय भएको बताए पनि मितिबारे केही बोलेका थिएनन् । आलोपालोे प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको हो ।