सिभिल बैंकको (सीईओ)मा सुनिलकुमार पोखरेललाई नियुक्त
Friday Jul 02, 2021
वि.सं.२०७८ असार १८ शुक्रवार २३:००

काठमाडौं । सिभिल बैंकको सीईओमा सुनिलकुमार पोखरेललाई नियुक्त । सिभिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार पोखरेलले आज देखि आफ्नो कार्यभार सम्हालेका छन् ।
गत जेठ २८ गते बसेको कम्पनीको ३४५ औं सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।
सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी एशिया बैंक, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।
स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा लिने गरेका छन् । पोखरेलसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।
गत वैशाख १८ गते कम्पनीका तत्कालीन सी।ई।ओ। गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म कम्पनी सीइओविहीन थियो ।
यो पनि पढ्नु होस् :
सामाजिक सुरक्षा कोषको निर्णय विरुद्ध सिभिल बैंकका कर्मचारी आन्दोलित
























