CG Electronics
IME Life
NIMB

ठुला भनौदा पार्टीहरुले जनादेशको अपमान गरे  ः अध्यक्ष ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ ।

बैठकले दलको तेश्रो राष्ट्रिय महाधिवेशन यहि कार्तिक २८–२९ गते काठमाडौमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले दलको बिधान शंशोधनको शिफारिस गर्न अधिबक्ता दयाराम कंडेलको संयोजकत्वमा केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोबिन्द नाथ मिश्र, सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट सम्मिलित समिति गठन गरेको छ ।

त्यसैगरी महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरि प्रदेश तथा स्थानीय क्षेत्रमा संयोजक तोक्न शिफारिस समिति पनि गठन गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । परिवार दलको  पचास हजार क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै २५०० प्रतिनिधिले महाधिवेशनमा श–शरीर वा अनलाइनको माध्ययमवाट सहभागी जनाउने महामन्त्री बिनोद डाँगीले जानकारी दिए । बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टी संग सहकार्य गर्दा धोका खानु परेको बताउदै आगामी निर्बाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले शशक्त सहभागी हुने उल्लेख गरे ।  ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए ।

नेता ढकालले देशका ठुला भनौदा पार्टीहरुले जनादेशको अपमान गरेको भन्दै अब जनताहरुले विकल्प खोज्ने जिकिर गर्नु गरे ।  ढकालले कम्युनिष्ट र कांग्रेसको ध्रुविकरण नौलो नभएको भन्दै यी दुइ पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरुले जुजारू र जिम्बेवार नयाँ शक्ति निर्माण गर्नु पर्ने धारणा राखे ।

बैठकले केन्द्रिय सदस्यमा श्रीमती बिष्णु कुमारी बिश्वकर्मा (कैलाली), श्री पूर्ण प्रसाद कोइराला (दैलेख), श्री केशव श्रेष्ठ (काठमाडौँ), श्री टिकाराज बिश्वकर्मा (लम्जुङ्ग), श्री शंकर ढकाल (कैलाली) लाई मनोनोयन गरेको छ बैठकले पिस फोर्स को केन्द्रिय अध्यक्षमा रबिन्द्र चौलागाईं (रामेछाप) लाई जिम्बेवारी दिएको छ ।  बैठकमा बोल्दै महामन्त्री बिनोद डाँगीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिबर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।

बैठकमा केन्द्रिय सदस्यहरु मनोजलाल कर्ण, अब्दुल कैयुम शाह, सन्त बहादुर पन्त, राजेश कुमार बिष्ट, प्रकाश बाबु थापा, नबिन बजगाईं, बुद्धिमाया पुन, रामचन्द्र चौधरी, अनिल भण्डारी, गणेश कुमार श्रेष्ठ, लक्ष्मी भण्डारी, बिजय राज कट्टेल, शिबकृष्ण श्रेष्ठ लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो।  केन्द्रिय सल्लाहाकारहरु केशब चौलागाईं, प्राध्यापक नारायण शर्मा गजुरेल, पूर्व एआईजी प्रकाश कुँबर, पूर्व एसएसपी सुरेश कुमार केसी लगाएतले परिवार दलको भबिष्य राम्रो रहेको भन्दै जनताको भावनाको प्रतिबिम्बित हुने कार्यक्रम लयाउन दललाई सुझाब दिए ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...