nic bank
himalayan everesat
Nmb bank

आज पाथिभारा माताको दर्शनसँगै भदौ १९ गतेको राशिफल हेर्नुहोस्

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

वि.सं.२०७८ साल भदौ १९ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, बिहान ०६ बजेर २७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– तिष्य, बेलुकी ०५ बजेर १८ मिनेट उप्रान्त अष्लेषा । योग– वरियान, बिहान १० बजेर ११ मिनेट उप्रान्त परिध । करण– तैतिल, बिहान ०६ बजेर २७ मिनेट उप्रान्त गर, बेलुकी ०६ बजेर ४६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग ।

 

चन्द्रराशि–कर्कट । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

उद्योग तथा व्यापार व्यवसायमा ध्यान नदिँदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बोल्दा वा निर्णय गर्दा ध्यान दिनुहोला आत्मघाती पनि हुनसक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरीहरू भरसक लुकाउने प्रयास गर्नुहोला अरूले आलोचना गर्न सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । सवारी साधन तथा अन्य सम्पत्तिहरू लाभ हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

काममा खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा पछि परिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायमा घाटा लाग्न सक्छ । धर्म कर्ममा मन जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दिदी बहिनीसँग मनमुटाब बढ्ने योग रहेको छ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मायाप्रेममा अविश्वास बढ्नेछ भने पति पत्नी बीच मनमुटाब सिर्जना हुनेछ । विलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । गोप्य कुराहरू बाहिर आउने अधिक सम्भावना रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

विद्यामा सफलता पाउन निकै मेहनत गर्नुपर्ला । आफन्तबाट उपहार प्राप्तिको योग रहे पनि टरेर जानेछ ।

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका...

वि.सं.२०८० फागुन २७ आइतवार ०९:३८

  फुङ्लिङ (ताप्लेजुङ) । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ)...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० मंसिर ८ शुक्रवार ०८:०६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

साप्ताहिक राशिफल : (२०८० असार १० गते देखि असार १६ गते सम्म)

साप्ताहिक राशिफल : (२०८० असार १० गते...

वि.सं.२०८० असार १० आइतवार १०:०५

  मेष राशिः (चु,चे, चो, ला, लि, लु, ले, लो,...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० जेठ २९ सोमवार ११:३८

  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० वैशाख २७ बुधवार ०९:४४

    काठमाडौं । आज(बुधवार)को राशिफल सार्वजनिक भएको छ ।...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०७९ चैत ८ बुधवार १९:०१

मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले,...