CG Electronics
IME Life
NIMB

असोज पहिलो सातामा मात्रै ३१ अर्ब ऋण लगानी गरेका बैंकले ८ अर्ब मात्र निक्षेप थपे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

तरलता अभावका बाबजूद बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गर्ने क्रम जारी नै राखेका छन् । साउन यता बैंकिङ प्रणालीमा तरलता अभाव चुलिए पनि बैंकहरु उल्लेख्य रुपमा कर्जा विस्तार गर्न सफल भएका हुन् ।

भदौमा १ खर्ब ८ अर्ब ऋण लगानी गरेका वाणिज्य बैंकहरुले असोज पहिलो सातामा मात्रै ३१ अर्ब ऋण लगानी गरेका छन् । असोज पहिलोसाता संकलन गरेको निक्षेपको तुलनाका कर्जा लगानी झन्डै ४ गुणाले बढी हो । सो अवधिमा बैंकहरुले जम्मा ८ अर्ब मात्र निक्षेप थपेका छन् ।

पछिल्लो समय कोरोना संक्रमण कम भएसँगै समग्र अर्थतन्त्र चलायमान हुँदा ऋणको माग ह्वात्तै बढेको बैंकहरुले बताएका छन् । ऋणको माग उच्च भए पनि माग अनुसार ऋण उपलब्ध गराउन कठिन हुँदै गएको उनीहरुको भनाइ छ ।

तरलता अभावका कारण असोजका लागि बैंकहरुले निक्षेप र कर्जाको ब्याज समेत बढाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिन थालेका छन् भने कर्जाको पनि दोहोरो अंकमा पुगेको छ । पछिल्लो समय बैंकहरुले अन्तर बैंक र राष्ट्र बैंकबाट सापटी लिएर कर्जा लगानी गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सीसीडी व्यवस्था खारेज गरी सीडी व्यवस्था लागू गरेपछि बैंकिङ प्रणालीमा तरलता अभाव चुलिँदै गएको हो ।

चालू आवको असोप पहिलो सातासम्ममा बैंकहरुले कुल ४१ खर्ब ८०अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...