CG Electronics
IME Life
NIMB

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो ।
सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ ।

पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उन्नु भएको छ ।

कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेमनाथ दाहाल बताउनुहुन्छ । ‘समाजमा रहेका रिती र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा कथाकारले समेटेका छन्’, दाहालले भन्नुभयो । कृतिमा स्रष्टाले प्रायशः सबै कथालाई नारी प्रधान कथाका रुपमा प्रस्तुत गर्नुभएको छ ।

‘आत्मकथा होस् कि नियात्रा १ चाहे त्यो आख्यान नै किन नहोस् । मानिसले अरुको कुरा कहाँ लेख्दछ र रु पात्र र स्थानविशेषको नामकरण जेसुकै गरिएको किन नहोस् घटना र विषयवस्तुको प्रस्तुति प्रायः आफूसम्बद्ध नै हुने गर्छन् ।

जे–जति लेखिन्छन्, ती आफ्नै मन–मस्तिष्कमा छरपस्ट भई तम्तयार बसेका, देखेका, सुनेका, जानेका र भोगेका घटना शब्दरुपी अलङ्कारको रङ्गले लिपपोत गरेर पस्किइने अव्यक्तमध्येका केही भाव र घटनाक्रम मात्र हुन्’, स्रष्टा पोखरेल भन्नुहुन्छ । आफ्नो पहिलो कृति नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ जस्तै यो कथा सङ्ग्रहले पनि पाठकको मन जित्नेमा आफू आशावादी भएको बताउँदै कमीकमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उहाँले आग्रह गर्नुभयो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...