nic bank
himalayan everesat
Nmb bank

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याउनुभएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो ।
सावित्री पोखरेल प्रकाश रहनुभएको २४० पेजको यो कथासङ्ग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’लाई लिएर पुस्तकको नाम राखिएको छ ।

पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उन्नु भएको छ ।

कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेमनाथ दाहाल बताउनुहुन्छ । ‘समाजमा रहेका रिती र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा कथाकारले समेटेका छन्’, दाहालले भन्नुभयो । कृतिमा स्रष्टाले प्रायशः सबै कथालाई नारी प्रधान कथाका रुपमा प्रस्तुत गर्नुभएको छ ।

‘आत्मकथा होस् कि नियात्रा १ चाहे त्यो आख्यान नै किन नहोस् । मानिसले अरुको कुरा कहाँ लेख्दछ र रु पात्र र स्थानविशेषको नामकरण जेसुकै गरिएको किन नहोस् घटना र विषयवस्तुको प्रस्तुति प्रायः आफूसम्बद्ध नै हुने गर्छन् ।

जे–जति लेखिन्छन्, ती आफ्नै मन–मस्तिष्कमा छरपस्ट भई तम्तयार बसेका, देखेका, सुनेका, जानेका र भोगेका घटना शब्दरुपी अलङ्कारको रङ्गले लिपपोत गरेर पस्किइने अव्यक्तमध्येका केही भाव र घटनाक्रम मात्र हुन्’, स्रष्टा पोखरेल भन्नुहुन्छ । आफ्नो पहिलो कृति नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’ जस्तै यो कथा सङ्ग्रहले पनि पाठकको मन जित्नेमा आफू आशावादी भएको बताउँदै कमीकमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उहाँले आग्रह गर्नुभयो ।

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा...

वि.सं.२०८० चैत १५ बिहीवार २१:३५

    काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा...

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्,...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१३

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’...

व्यवसायी उत्तम गुरुङद्वारा कतारमा भिआईपी लाउन्ज

व्यवसायी उत्तम गुरुङद्वारा कतारमा भिआईपी लाउन्ज

वि.सं.२०८० माघ ७ आइतवार ०९:३८

  संचालन,लाउन्जको एनआरएनए अध्यक्ष भट्ट,गायिका मिलन र गायक रेउले द्वारा...

माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

वि.सं.२०८० माघ ५ शुक्रवार १५:१९

  काठमाडौं । जहिले पनि सामान्यको घेरा तोडेर उल्लेखनीय सफलता...

सरकारको एक वर्षः मुलुकको स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास

सरकारको एक वर्षः मुलुकको स्वास्थ्य क्षेत्रमा सुधारका...

वि.सं.२०८० पुस ११ बुधवार ०९:४६

      काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको...