दसैँमा वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा खातावालालाई ४०० बोनस
Tuesday Sep 28, 2021
वि.सं.२०७८ असोज १२ मंगलवार २०:३९
काठमाडौं । एनआईसी एशिया बैंकले दसैँको अवसरमा वर्ल्ड रेमिटबाट एनआईसीको खातामा रकम पठाउँदा खातावालालाई ४०० बोनस दिने भएको छ ।
बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि दसैँको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्ड रेमिट मार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा ४०० बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।
२०७८ आश्विन ११ देखि कात्र्तिक १० सम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिने छ । ४०० बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने बैंकले जनाएको छ ।

























