CG Electronics
IME Life
NIMB

कोका–कोलाले ‘कृतज्ञता’ प्रदान गर्न नयाँ दशैं अभियान “धन्यबाद” कार्यक्रम

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कोका–कोलाले कृतज्ञता प्रदान गर्न नयाँ दशैं अभियान ‘धन्यवाद’ आज काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सम्पन्न गरेको छ ।

कोरोना भाइरसको कारण देशभर परेको चूनौतिपूर्ण समयमा साथीहरु परिवार फ्रन्टलाइन कामदारहरुलाई आशा र सर्मथन प्रदान गर्दै कोका–कोलाले दशैंको अभियान अन्र्तगत ‘धन्यवाद’ शब्द केन्द्रित गरी कार्यक्रम प्रस्तुत गरेको हो ।

कोरोना महामारी जस्तो कठिन समयमा कोका–कोलाका लागि साथीको रुपमा साथै सहयात्री रहेका ब्यक्तिलाई एउटा कोकको बोटलमार्फत धन्यवाद प्रकट गरेको हो । कोका–कोलाले सहयात्रि बनेका हरेक ब्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नया लेबल समेत प्रस्तुत गरेको छ । जसमा आमा, बुुबा, दाई, भाइ, दिदि, बहिनि, साथी र सेवाकर्मीहरु रहेका छन् । अब कोका–कोलाले नजिकिँदै गइरहेको दशैंको अवसरमा यी ८ लेबलहरुको नाम बोतलमा टाँसेर आफ्नो सेवा प्रदान गर्नेछ ।

 

कोका–कोलाले एक पत्रकार सम्मेलन गर्दै अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नँया ब्रान्ड एम्बेसडरको रुपमा घोषणा गरिएको थियो । सोे समयमा नँया टिभिसीमा गायक सुशान्त केसीको धन्यवाद शीर्षकको एउटा हृदयस्पर्शी गीतकोे चित्रण गरिएको थियो ।

विगत ५ बर्षदेखि कोका–कोलाले ग्लोबल ‘सेयर ए कोक’ अभियान अन्तर्गत इनोभेटिभ बिषयहरु प्रस्तुत गर्दै आएको छ । जसमा ‘मन खोलौ कोकसंग’ को रुपमा स्थानीयकरण गरीएको थियो । यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउन केन्द्रित थियो भने यो बर्ष भने ब्यक्तिगत रुपमा कृतज्ञता प्रकट गर्दै एक कदम अगाडि बढाएको छ ।

उक्त सम्मेलनमा बोल्दै नेपाल कन्ट्री निर्देशक आदर्श अवस्थीले कोका–कोलाले यसपालिको दशैं चाड उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्रेरित गर्नु भएका परिवारको सदस्यहरु र साथीहरु प्रति आभार ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अग्रपंतिका कार्यरत रहेका श्रमिकहरुलाई सलाम गरी बितेका बर्षको दौरानमा कुनै बाधा आउन नदिन आशा दिने सम्पूर्ण सहयात्रीलाई कृतज्ञता समेत प्रदान गरे ।

कोका–कोलाले कोभिड–१९ को बिरुद्ध समाजको लागि सुरक्षा प्रदान गरेका र लडेका विभिन्न क्षेत्रका ८ जना अग्रपंति नायकहरुलाई कृतज्ञता प्रकट गरी सम्मान गरेको हो । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिपपाण्डेले कार्यक्रममा बोल्दै नँया कोका–कोला बोतलको माध्यमबाट फ्रन्टलाइन नायकहरु, परिवार र साथीहरु प्रति सम्पूर्ण देशको कृतज्ञता ब्यक्ति गर्न सक्षम भएको जनाए ।

त्यस्तै, कोका–कोलाले कोका–कोला टकिंग बोतलको माध्यमबाट निजीकृत सन्देशहरु साझा गर्ने एक नविन अवधारणा पेश समेत गरेको छ । जसको लागि उपभोक्ताले धधध।अयअब(अयबि।अयm।लउ मा लग इन गर्न सक्ने तथा कोकको बोतलमा रहेको क्युआर कोेड स्क्यान गर्न सक्नेछन् ।

साथै कोका कोलाले कोभिड १९ को महामारीको बिरुद्ध लडेको र समुदायलाई जोगाउनको लागि गरेको कडा परिश्रम, करुण र निस्वार्थ त्याग प्रस्तुत गरेका अग्रपंक्ति नायकहरुप्रति आभार प्रकट गर्दै कार्यक्रम समापन गरेको हो ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...