CG Electronics
IME Life
NIMB

एनआरएनए सह–कोषाध्यक्षमा युकेबाट ललित न्यौपानेको उम्मेदवारी , के छन न्यौपानेको एजेण्डा ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । गैरआवासयि नेपाली संघ एनआरएनए अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुन गैरहेको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह(कोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दिने जनाएका छन ।
एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदमा करिब एक दशकसम्म कार्यकारी सदस्य, सहकोषाध्यक्ष हुँदै उपाध्यक्षसम्मको जिम्मेबारी सफलतापुर्बक निर्वाह गरिसकेका न्यौपानेसँग एक कार्यकाल आइसीसी सदस्य ९२०१९–२०२१० पदमा रही कार्य गरेको अनुभब पनि रहेको छ ।
नेपालमा राष्ट्रिय बाणिज्य बैंकमा प्रबन्धकको जिम्मेवारी निभाएका न्यौपानेले करिब ३५ बर्ष बित्तिय क्षेत्रमा कार्य गरेको अनुभब छ । हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपाने अहिले बेलायत र नेपालमा प्रोपर्टी, हस्पिटालिटी, हाइड्रो र क्रिप्टोकरेंसीलगायतका क्षेत्रमा ब्यबसाय संचालन गरिरहेका छन । एमए, बिएलसम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूचि राख्छन् ।
पशुपति मन्दिर लण्डनको ट्रस्टी मेम्बर रहेका न्यौपानेले जीवन विज्ञान यूकेको स्थापनाका लागि विशेष पहल गरेका थिए । उनी अन्तरास्ट्रिय स्तरमा क्रियाशिल ‘प्रो इलाइट क्लब’ मा पनि सक्रिय छन् । जीवन बिज्ञानको माध्यमबाट सबैलाई मन, विचार र कर्म स्वस्थ्य र शुद्ध राख्न तथा प्रो इलाइट क्लब मार्फत लगानी सम्बन्धि ज्ञानका अनुभव बाड्दै सबैलाई सम्बृद्ध बनाउन क्रियासिल रहेका छन ।

सामाजिक कार्य र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतस्थित धेरै संघसंस्थामा सल्लाहकारका रुपमा कार्यरत छन । सामाजिक संस्थाहरुमा मन खोलेर आर्थिक सामाजिक सहयोग गर्ने सहयोगी मनका धनिका रुपमा बेलायतमा चिनिएका छन न्यौपाने ।

बिस्वको ४९ रास्ट्र भन्दा बढी राष्ट्रहरुमा संजाल रहेको अन्तरराष्ट्रिय झापाली समाजका बर्तमान उपाध्यक्ष रहेका छन न्यौपाने । संस्थाको अन्तरिक सुशासन, पारर्दर्सिता, आत्मनिर्भरता, एकता, संघको प्रभावकारितामा बिसेष पहल गर्ने बिबिध योजनासहित सामाजिक र वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभब संघमा लगाउने उद्देस्यले एनआरएनए एनसिसीको सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए । न्यौपानेले विश्वमा रहेका गैरआवासिय नेपालीलाई आफुलाई समर्थन गर्न आग्रह गरेका छन ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...