CG Electronics
IME Life
NIMB

प्रिज्मा एड्भर्टाईजिङ ३० औँ वर्षमा प्रवेश

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडा । नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक, प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकउत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो । त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ ।

रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा शुरुवातमा झैँ आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ ।

प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित एजेन्सी हो ।
प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवाड बेल रिङगर २०००’ समेत जितेको छ ।

प्रिज्माले सधैं आफुलाई विकसित उद्योगसंग समायोजित गर्दै अगाडि बढिरहेको छ र ग्राहकहरुको माग र अपेक्षाहरुलाई राम्ररी बुझेको प्रिज्मा एड्भर्टाइजिंगको मूख्य विशेषताहरु – रचनात्मक डिजाइन, अभियान निर्माण तथा कार्यान्वयन, ब्रान्डको रणनीति तथा विकास, प्रोडक्सन तथा फ्याब्रिकेशन, अडियो भिजुअल निर्माण, मिडिया तथा प्रेस विज्ञप्ति, पब्लिक रिलेशन तथा सामाजिक संजाल र डिजिटल मार्केटिंग रहेका छन् । प्रिज्माले कोका–कोला, बजाज पल्सर, मेरो मोबाइल, एनसेल, अर्घाखाँची सिमेन्ट, नेस्ट्ले, एभरीडे लगायत थुप्रै ग्राहकहरुका लागी सफलतापूर्वक अभियानहरु कार्यन्वयन गरेको छ ।

प्रिज्मा एड्भर्टाइजिंगका सिइओ श्री रञ्जीत आचार्य ज्यूले भन्नुभयो , “हामीले यो स्थापनाकालको ३० वर्ष मनाइरहँदा, यसले मलाई एकछिन अडिएर, हामीलाई यस माइलस्टोनसम्म आइपुग्न मद्दत पुर्याएका सम्बन्धहरु र सपलताहरुको प्रतिबिम्ब गराएको छ । हामीमा सधैं विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरु तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम भूमिका रहेको छ ।”

उहाँले थप भन्नुभयो, “हामीले हाम्रा उपलब्धिहरुको बावजूद कहिल्यै विश्राम लिएनौँ र सधैँ सफलताको होडबाजीमा लागि रहयौँ । हामीले हाम्रो यो उच्च मापदण्डहरुलाई कायम राख्न कडा मेहनत गरेका छांै र निकट भविष्यमा पनि हामीले आफुलाई अझै विकसित गर्दै आफ्नो स्थानलाई अझै बढाउन प्रतिबद्ध रहेका छाै।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...