Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

दशैँको चटारोले भुसुक्कै बिर्सनुभयो कि ? मध्य भोटेकोशीको आइपीओ भर्ने आज अन्तिम दिन

मध्यभोटेकोशी जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज २० गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता अइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

निष्काशित कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये पहिलो चरणमा सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता सेयर जारी गरिसकेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयरएनपी डबल बी आईएस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम रहेको जनाउँदछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा विक्री प्रबन्धकहरुमा सिभिल क्यापिटल मार्केट, एनआइबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल मार्केट रहेका छन्।

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

कति कित्ता भर्नु उपयुक्त ?

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ८१ लाख ९० हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ८ हजार १९ जनालाई मात्र सेयर दिन पुग्छ ।

कम्पनीको आइपीओमा आइतबार बेलुकासम्म १८ लाख बढीले आवेदन दिइसकेका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु...

वि.सं.२०८२ असार ९ सोमवार २०:५४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई...

वि.सं.२०८२ असार ७ शनिवार २२:२५

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले...

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड...

वि.सं.२०८२ असार ७ शनिवार २१:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...