CG Electronics
IME Life
NIMB

साठी दिनमै सेयर बजारका लगानीकर्ताले हालसम्मकै उच्च कर साढे ६ अर्ब राज्यलाई बुझाए, कुन महिनामा कति ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सेयर बजारका लगानीकर्ताले करिब साढे ६ अर्ब रुपैयाँ कर बुझाएका छन् । यो गत साउन र भदौमा सेयर बजारबाट पुँजीगत लाभकर (सीजीटी) र अग्रिम कर कट्टी (टीडीएस) मार्फत सरकारलाई प्राप्त भएको कर हो । जसमध्ये साउनमा करिब ३ अर्ब ४७ करोड ६७ लाख रुपैयाँ र भदौमा २ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ गरी कुल ६ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ कर संकलन भएको नेप्सेले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यो आँकडा ५ अर्ब ६० करोडले बढी हो । गत आवको यही अवधिमा सेयर बजारबाट करिब ७१ करोड ४९ लाख रुपैयाँ कर संकलन भएको थियो ।

चालु आवको बजेट वक्तव्यमार्फत सरकारले एक वर्षभन्दा बढी र कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्ताका लागि फरक करको दर तोकेको छ । जसअनुसार एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ५ प्रतिशत र कम अवधिमा बिक्री गर्नेले नाफाको साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । गत आवसम्म सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत मात्रै रकम पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर र सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले कर तिर्नु नपर्ने हालको व्यवस्था पुरानै हो । नेपालको कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ ।

गत साउन र भदौमा उच्च दरले सेयर बजार नबढे पनि कारोबार रकममा धेरै कमी नभएकाले कर संकलन बढेको नेप्सेले जनाएको छ । गत आवमा लगानीकर्ताले करिब १४ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए । सोही अवधिमा अग्रिम कर कट्टीबापत १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ कर संकलन भएको थियो । कुल १५ अर्ब ५४ करोड रुपैयाँ कर संकलन भएकोका यो आँकडा पछिल्लो करिब ३ दशकको पुँजी बजारमा सेयरबाट संकलन भएको हालसम्मकै उच्च कर हो ।

अघिल्लो आवको तुलनामा गत आवमा सेयर बजारमार्फतको कर संकलन १३ गुणाले बढेको थियो । अघिल्लो आवमा सेयर बजारबाट १ अर्ब १७ करोड रुपैयाँ मात्र कर संकलन भएको थियो ।

अघिल्ला वर्षहरूमा बजारमा सामान्य वृद्धि मात्र भएकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । गत आवमा बजार निरन्तर बढिरहेकाले करबापतको रकम पनि बढेको हो । आव २०७२/७३ मा सेयर बजारबाट १ अर्ब ७७ करोड रुपैयाँ कर संकलन भएको थियो । त्यतिबेला नेप्से परिसूचक १ हजार ७ सय बिन्दु हाराहारीमा थियो । आव २०७३/७४ मा यस्तो कर १ अर्ब ८१ करोड रुपैयाँ पुग्यो । नेप्से परिसूचक भने केही घटेर १ हजार ५ सय ८२ बिन्दुमा पुगेको थियो ।

यसैगरी, चालु आवको करिब ३ महिनामा सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य २ खर्ब ८३ अर्ब रुपैयाँले घटेको छ । उक्त अवधिमा अधिकांश दिन नेप्से घटेको थियो । यही कारण सेयर बजारको आकार (कुल बजार पुँजीकरण) खुम्चिएपछि लगानीकर्ताको सम्पत्ति पनि घटेको हो । सेयर बजारमा सूचीकृत कुल सेयर संख्यालाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । कम्पनीहरूको सेयर मूल्य धेरै हुँदा बजार पुँजीकरण पनि धेरै हुन्छ भने कम हुँदा पुँजीकरण पनि कम हुन्छ । बजार पुँजीकरण धेरै हुँदा लगानीकर्ताको सम्पत्तिको मूल्य बढ्छ भने पुँजीकरण कम हुँदा घट्छ ।

आइतबारसम्म ३७ खर्ब २७ अर्ब रुपैयाँ कुल बजार पुँजीकरण कायम भएको छ । गत असारको तुलनामा आइतबारसम्मको बजार पुँजीकरण २ खर्ब ८३ अर्ब रुपैयाँले कम हो । गत असार मसान्तमा यस्तो पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ थियो । गत भदौ पहिलो साता

कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब पुगिसकेको थियो । यो हालसम्मकै उच्च हो । यही उच्च तहसँग तुलना गर्दा आइतबारसम्म लगानीकर्ताको सम्पत्तिको मूल्य करिब साढे ७ खर्बभन्दा धेरैले घटिसकेको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...