CG Electronics
IME Life
NIMB

कृषि विकास बैंकको खुद नाफा साढे ४८ करोड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७८र०७९ को पहिलो त्रौमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १८ प्रतिशतले मात्र वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विवरणअनुसार बैंकले नाफा वृद्धि गर्न नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ ।

गत आर्थिक वर्षमा १५ रुपैयाँ ९० पैसा रहेको प्रतिसेयर आम्दानी रहेकोमा अहिले अहिले १४ रुपैयाँ ७० पैसा रहेको छ । खुद ब्याज आम्दानी २७ दशमलव ३० प्रतिशतले बढेर एक अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

सार्वजनिक भएको विवरणअनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले एक खर्ब ५३ अर्ब २२ करोड ०५ लाख रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ६५ अर्ब ०५ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई करोड ४५ लाख ३२ हजार रुपैयाँ छ ।

यसबाट बैंकले वार्षिक शून्य दशमलव ६० प्रतिशत मात्र लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ । त्यस्तै, समीक्षा अवधिमा चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८३ करोड ६२ र सेयरधनी कोषमा तीन अर्ब ६५ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...