CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमएको गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९ दशमलव ५० प्रतिशत बढी हो।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५ दशमलव ६९ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी बढेर ३३ दशमलव ६१ रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वार्षिक ईपीएस १७ दशमलव ९२ रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३० दशमलव २५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८७ दशमलव २७ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी ३० दशमलव २५, सञ्चालन नाफा ८७ दशमलव २७ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा बैंकले एक खर्ब ८३ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ७३ अर्ब १७ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको छ । यसअनुसार बैंकले वार्षिक १० दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ ।

बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको जगेडा कोषमा आठ अर्ब दुई करोड ६७ लाख र सेयरधनी कोषमा एक अर्ब ६३ करोड ४१ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीस्थिर रहँदा सेयरधनी कोष २८ दशमलव ७४, निक्षेप संकलन एक दशमलव ४४, कर्जा लगानी नौ दशमलव २३ प्रतिशतले बढेको हो ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर शून्य दशमलव ५४, कोषको लागत पाँच दशमलव ५५, आधार ब्याजदर सात दशमलव ५७, स्पेडदर तीन दशमलव ४७, र कर्जा निक्षेप अनुपात ८७ दशमलव ७५ प्रतिशत, प्रतिसेयर नेटवर्थ १८८ दशमलव १३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३ दशमलव ६६ गुणा छ ।

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...