एनएमबी बैंकको १५ दशमलव आठ प्रतिशत लाभांश घोषणा
Sunday Oct 31, 2021
वि.सं.२०७८ कात्तिक १४ आइतवार १८:२१
काठमाडौं। एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको १२ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र तीन दशमलव तीन प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
उक्त प्रस्ताति लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदान भएपछि मात्र सेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

























