CG Electronics
IME Life
NIMB

कृषि कर्मबाट समृद्धि देख्ने तीन युवाकोे व्यावसायिक फूलखेती

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षकरूपमा सजाएका छन् ।

हरेक वर्ष अत्यधिक माग हुने सयपत्री फूलको आयातलाई केही हदसम्म भए पनि रोक्न पोखरा र चितवनका तीन युवाले यस वर्ष पनि व्यावसायिक फूल खेती गरेका छन् । समृद्धि कृषि क्रान्तिबाट सम्भव छ भन्ने सोचका साथ कृषिकर्ममा लाग्नुभएका तीन युवाले तनहुँको फिरफिरेमा सयपत्री फूलको व्यवसायमा निरन्तरता दिनुभएको हो । रु डेढ करोडको लागतमा ६० रोपनी जग्गा भाडामा लिएर कृषि कर्ममा लाग्नुभएका युवाले अहिले तीन रोपनीमा मखमली र सात रोपनीमा सयपत्री फूल उत्पादन गरेर बिक्री वितरण सुरु गर्नुभएको छ । यमपञ्चक सुरुसँगै अहिले फार्ममा फूल खरिदका लागि ग्राहक पुग्ने गरेका छन् ।

एउटै सोच र एउटै लक्ष्यका साथ पाइला चालेका पोखरा सिम्पानीका मानवकल्याण पराजुली, मालेपाटनका मदन पौडेल र चितवनका सचिन भण्डारीले साढे दुई वर्षदेखि संयुक्तरूपमा फिरफिरे अग्र्यानिक एग्रिकल्चर फार्मलाई सञ्चालनमा ल्याउनुभएको हो । सो फार्ममा अहिले तिहारे फूलअर्थात् सयपत्री फूल र मखमली फूल ढकमक्क फूलेका छन् ।

यमपञ्चक सुरु भएसँगै अहिले उहाँहरुको व्यस्तता पनि निकै बढेको छ । तिहारको मुखमा बढ्दो सयपत्री फूलको मागलाई व्यवस्थापन गर्न र लगानीलाई मुनाफामा परिणत गर्न युवा आफ्नो जिम्मेवारी बहन गर्न व्यस्त रहनुभएको छ । एग्री बिजिनेसमा एमबीए गर्नुभएका युवा पौडेलले तिहारे फूलका लागि बर्सेनि करोडौँ रुपैयाँ भारत जाने समाचारले दुःखी बनाएको भन्दै व्यावसायिक फूल खेतीमा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै खेतबारीमा उत्पादन गर्न सक्ने फूलमा पनि हामी परनिर्भर छौँ, सबैले प्रयास गरे यो रकम देशमै रोक्न सकिन्छ ।” उहाँले बर्सेनि बाहिरिने रकमलाई केही मात्रामा भए पनि देशभित्रै जोगाउने प्रतिबद्धता साथ व्यावसायिक फूल खेती गर्दै आएको बताउनुभयो ।

बीबीए गरेर कृषि कर्ममा लाग्नुभएका अर्का युवा पराजुलीले रु चार लाखको लगानीमा १० हजार फूलका बेर्ना सारेको भए पनि यसपालि बेमौसमी वर्षाले गर्दा सबै बेर्ना जोगाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपालि फूलको बेर्ना भारी वर्षाका कारण जोगाउनै समस्या भयो, फूलको ‘इन्स्योरेन्स’ पनि रहेनछ ।” पराजुलीले कृषिको अन्यमा जस्तै प्लोरिकल्चरको पनि ‘इन्स्योरेन्स’ को व्यवस्था हुनुपर्ने बताउनुभयो । “प्लोरिकल्चरमा इन्स्योरेन्सको व्यवस्था भयो भने आगामी दिनमा व्यावसायिक फूलप्रति पनि कृषकको आर्कषण अझै बढ्ने थियो”, पराजुलीले भन्नुभयो । यसपालि रु सात लाखसम्मको फूलको व्यापार हुने अनुमान गरिएको उहाँको भनाइ छ ।

पराजुलीका अनुसार सयपत्री फूलको मालाको आकार हेरेर रु १५० देखि ३०० सम्म बिक्री भइरहेको गरिएको छ । त्यसैगरी एक किलो फूलको रु ५०० देखि ६०० सम्म थोक तथा खुद्रा बिक्री गरिएको छ । मखमली फूलको भने रु ५० देखि १०० सम्ममा बिक्री गरिएको छ । फूलको माला बनाउनका लागि फार्ममा केही महिलालाई ज्यालादारी काममा लगाइएको पराजुलीले बताउनुभयो ।

सरकारले प्रविधिमैत्री कृषि प्रणालीमार्फत कृषि पेसाप्रति युवालाई आकर्षित गर्न सके देश छिट्टै समृद्धिको बाटोमा जाने अर्का युवा भण्डारी बताउनुहुन्छ । हर्टिकल्चरमा स्नातक गर्नुभएका भण्डारीले देशका युवामा कृषिप्रतिको दृष्टिकोणनै सकारात्मक बन्न नसकेको बताउनुभयो । “हाम्रो देशको माटो कृषिका लागि उर्बर मानिन्छ तर कृषिप्रति युवाको रुचि बढ्न सकेको छैन, सरकारले पनि त्यस्ता कार्यक्रम ल्याएको छैन ।” उहाँले सबै मिलेर बाँझो जमिनलाई हराभरा गराउने सके कृषिजन्य आयातित वस्तुलाई विस्थापन गर्न समय नलाग्ने बताउनुभयो ।

भण्डारीका अनुसार अहिले फार्ममा सयपत्री र मखमली फूलसँगै मेवा, कुरिलो, धानखेती, माछापालन र मौसमअनुसारको तरकारीको खेती गरिएको छ । उहाँले यसपालि अन्य किसानलाई पनि व्यावसायिक फूलखेतीमा प्रोत्साहित गरेर त्यसको बजार व्यवस्थापनको जिम्मासमेत आफूहरुले लिने बताउनुभयो । “फूल आयातका लागि विदेशिने रकम रोक्न हामीले आसपासका फार्ममा फूलखेती गर्न अन्य किसानलाई प्रोत्साहित ग¥यौँ, त्यसको बजार व्यवस्थापनको जिम्मा पनि हामीले लिएका छौँ ।” उहाँले फूल भण्डारणका लागि पनि आफूहरुसँग चिस्यान केन्द्र रहेको जानकारी दिनुभयो ।

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन...

वि.सं.२०८२ पुस ८ मंगलवार २१:५१

  काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी...

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

वि.सं.२०८२ पुस ४ शुक्रवार १७:३२

  काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी...

नेपाली कफीको समृद्ध सम्भावना : २१औँ राष्ट्रिय कफी दिवस मनाइँदै

नेपाली कफीको समृद्ध सम्भावना : २१औँ राष्ट्रिय...

वि.सं.२०८२ मंसिर १ सोमवार ०८:२१

  काठमाडौं। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा २१औँ...

कृषि मन्त्री डा. मदन परियारद्वारा हेटौडा दुग्ध वितरण आयोजनाको अवलोकन, दुग्ध किसानलाई शीघ्र भुक्तानीका निर्देशन

कृषि मन्त्री डा. मदन परियारद्वारा हेटौडा दुग्ध...

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार २३:१३

मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले...

मनहरी गाउँपालिका–२ च्यापलका किसानहरूको मुख्य आम्दानी स्रोत : गाईको दूध

मनहरी गाउँपालिका–२ च्यापलका किसानहरूको मुख्य आम्दानी स्रोत...

वि.सं.२०८२ कात्तिक ११ मंगलवार ०८:५२

  हेटौडा । मनहरी गाउँपालिका–२ च्यापलका किसानहरूका लागि गाईपालन र...