nic bank
himalayan everesat
Nmb bank

गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गर्दै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गते, बिहीबारबाट ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले ७ वर्ष अवधिको “८.७५५ गरिमा डिबेञ्चर, २०८” को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल १० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

को हो बिक्री प्रबन्धक ?

बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

मंसिर १६ गते, बिहीबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा मंसिर २० गते र ढिलोमा पौष १ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले एनआइबिएल एस क्यापिटल लिमिटेड, गरिमा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ५ बुधवार २०:४३

  एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा...

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:२६

  नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले...

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:१४

  कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।...