CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंकको ६ वटा विदेशी मुद्राका नयाँ खाता संचालनमा

NIMB
Himalayan Bank

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु संचालमा ल्याएको छ । बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्धारा प्रबद्र्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी उक्त खाताहरु संचालमा ल्याएको हो ।

बैंकले ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु संचालनमा ल्याएको हो । उक्त खाता अमेरिकी डलर, पाउन्ड स्टर्लिङ, यूरो, अस्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिनेछ । बैंकका अनुसार उक्त खातामा आकर्षक ब्याजदर प्रदान गरिनेछ ।

यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम हुनुपर्नेछ ।

उक्त खाता अन्तर्गत संचालकलाई मोबाइल बैकिङ, इन्टरनेट बैकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिनेछ । साथै कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले संचालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा विशेष प्रिमियम प्रदान गरिनेछ । साथै उक्त खाता अनलाइनबाटै पनि खोल्न सकिनेछ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...