CG Electronics
IME Life
NIMB

कुमारी बैंकको १९ करोड ऋण प्रकरणमा सीइओ र डेपुटी सीइओ निर्दोष सावित

NIMB
Himalayan Bank

काठमाडौं । कुमारी बैंक लिमिटेडको योगेश्वर अमात्यको बाराको जग्गाको नक्कली पुर्जा राखि १९ करोड ऋण प्रवाह गरेको प्रकरणमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) र नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीइओ) निर्दोष सावित भएका छन् ।

नेपाल प्रहरीको सेन्ट्रल इन्भेष्टिगेसन ब्यूरो (सीआइबी)ले लामो समयको अनुसन्धानपछि बैंकका सीइओ अनुजमणि तिम्सिना र डेपुटी सीइओ मनिष तिम्सिनाको १९ करोड ऋण प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको बुझिन आएको छ । योसँगै सरकारी वकिल कार्यालयले समेत सो प्रकरणमा बैंकिङ कसूरको मुद्धा नचल्ने निर्णय गरेको छ ।

सीइओ र डेपुटी सीइओको संलग्नता नरहेको निष्कर्ष निकाल्दै सीआइबीले सो प्रकरणको अनुसन्धान हालै सकाई त्यसको मिसिल सरकारी कार्यालयमा पेश गरेको थियो । सरकारी वकिल कार्यालयले मिसिल तथा अन्य कागजातका आधारमा बैंकिङ कसूरको मुद्धा नचल्ने निर्णय गरेको हो ।

सो प्रकरणमा लामो समयदेखि सरकारी कागजात किर्ते गरी गैरकानूनी धन्दा गर्दै आएको गिरोहको संलग्नता रहेको उल्लेख गर्दै यो प्रकरणमा बैंकिङ कसूर गरेको नदेखिएको समेत निष्कर्ष निकालिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले कीर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाए लगत्तै बैंकिङ कसूरमा अनुसन्धानका लागि थप समय पाएको थियो । पाएको थप समयमा अनुसन्धान गर्दा सो प्रकरणमा बैंकिङ कसूर भएको नदेखिएसँगै सीइओ र डेपुटी सीइओ निर्दोष सावित भएका हुन् ।

यो प्रकरणमा किर्ते अन्तर्गतको अपराधमा भने यसअघि नै मुद्धा दायर भएको थियो । सोही मुद्धाको प्रारम्भिक फैसला सुनाउँदै जिल्ला अदालत काठमाडौंले ३ प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ भने एक प्रतिवादी एक लाख धरौटीमा रिहा भएका छन् ।

सो प्रकरणमा संलग्नताको अभियोगमा प्रहरीले कुमारी बैंकको वीरगञ्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया, किर्ते कागजातका आधारमा कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई (सीआईबी)को टोलीले नियन्त्रणमा लिएको थियो।

जिल्ला अदालतको आदेश अनुसार सोनु ठाकुर, मुक्तिलाल गौतम, एसकुमार महर्जनलाई पुर्पक्षका लागि बुधबार थुनामा पठाइएको छ।

त्यस्तै मुल्यांकनकर्ता इञ्जिनियर राजेश चौरसिया भने १ लाख रुपैयाँ धरौटीमा छुटेको सीआइबीका एसपी श्याम महतोले जानकारी दिएका छन ।

राष्ट्र बैंकले समेत सो प्रकरणमा अनुसन्धान गरेको थियो । त्यस क्रममा समेत बैंकिङ कसूर हुने गरी बैंकको उच्च व्यवस्थापनले कुनै काम नगरेको देखिएको निष्कर्ष आएको थियो ।

गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरस्थित १२ बिघा जग्गाको नक्कली कागजात बनाई १९ करोड ऋण कुमारी बैंकबाट लिएको खुलेको थियो । कुमारी बैंकका वीरगञ्ज शाखाका केही कर्मचारीको मिलेमतोमा १९ करोड ऋण लिएको देखिएपछि यो विषय बाहिरिएको थियो ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...