CG Electronics
IME Life
NIMB

वैदेशिक रोजगारीको अवस्था बुझ्दै स्थानीय तह

NIMB
Himalayan Bank

वैदेशिक रोजगारी, वैदेशिक अध्ययन, रोजगारीका समस्या, पुनःस्थापना र समस्याका विषयमा जानकारी राख्नका लागि यहाँका दुई पालिकाले लगत सङ्कलन थालेका छन् ।

वैदेशिक रोजगारमा रहेका नागरिक र उनीहरुको परिवारको तथ्याङ्क तथा अवस्था पहिचानका लागि दुई पालिकाले वैदेशिक रोजगारसम्बन्धी पाश्र्वचित्र निर्माण गर्न सुरु गरेका छन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैदेशिक रोजागरीको विवरण सङ्कलन गर्न आप्रवासी ‘प्रोफाईल’ निर्माण गर्न थालेका हुन ।

सङ्कलन गरेको तथ्याङ्क प्रोफाइलका रुपमा राखिने र आगामी नीति तथा कार्यक्रम बनाउँदा त्यसैका आधारमा तयार गरिने बागलुङका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । प्रोफाइलले सुरक्षित प्रवासन नीति र पुनः एकीकरणको लागि समर्थनसहित स्थानीय ‘प्रवास प्रशासन’का लागि उचित योजना, नीति र रणनीतिको विकासमा सहयोग गर्ने छ ।

प्रोफाइल निर्माणका लागि बागलुङ नगरपालिकाले रु चार लाख १६ हजार र काठेखोला गाउँपालिकाले रु चार लाख आठ हजार विनियोजन गरेका छन् । प्रत्येक वडामा एक गणकको व्यवस्थापन गरी क्षेत्रगत तथ्याङ्क सङ्कलन गरिने छ ।

नगरपालिकाले १४ र गाउँपालिकाले आठ गणक छनोट गरी तथ्याङ्क सङ्कलन गर्न थालेका छन् । गणकले कोवो सफ्टवेयरमार्फत तथ्याङ्क लिनेछन् । विवाईसी बागलुङको व्यवस्थापनमा गणकलाई सामी हेल्भेटासले दुई दिने सफ्टवेयर सञ्चालनबारे प्राविधिक तालिम दिएर स्थलगत रुपमा तथ्याङ्क सङ्कलनका लागि वडामा खटाइएको छ । स्थलगतरुपमा खटाइएका २८ गणकले आगामी माघ ४ गतेभित्र आफ्नो जिम्मेवारीमा परेका वडाको वैदेशिक रोजगारीमा गएको, अध्ययनका लागि गएको, वैदेशिक रोजगारीमा आश्रित परिवार, वैदेशिक रोजगारीमा फर्केका, रोजगारीबाट फर्केर पुनःस्थापित भइसकेकाको विवरण सङ्कलन गर्नेछन् ।

प्रोफाइलमा जनसङ्ख्यिकीय जानकारी, प्रमुख गन्तव्य देश, प्रवासी र उनीहरूका परिवारको सीप र सूचनामा पहुँचको हालको परिदृश्य, रेमिट्यान्स प्राप्त गर्ने र वित्तीय साक्षरतामा यसको उपयोगिताको प्रवृत्ति तथा ज्ञानस्तरसहितको प्रवास, पुनरागमन प्रवासी कामदारको जानकारी, उनीहरूको अवस्था र पहलमाथि जोड दिने काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो ।

आप्रवासी पाश्र्वचित्रले राष्ट्रिय सन्दर्भसँग सम्बन्धित स्थानीयस्तरबाट श्रम प्रवासन ढाँचाको समग्र परिदृश्य प्रतिविम्बित गर्ने सुरक्षित आप्रवासन परियोजना ९सामी० बागलुङका परियोजना संयोजक मीनप्रसाद उपाध्ययाले बताउनुभयो । वैदेशिक रोजगारमा ठगी र सम्बन्धित मुद्दा, सामाजिक लागत, चुनौती, अगाडि र सुझावलाई पनि समावेश हुनेछ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...