CG Electronics
IME Life
NIMB

नेप्सेका शेयर कारोबारमा झण्डै १८ अङ्कले ओरालो लागे

NIMB
Himalayan Bank

ओरोलो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही मार्गमा केन्द्रीत रह्यो । चार दिनपछि खुलेको बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचक उकालो लाग्ने अनुमान गरिए पनि झण्डै १८ अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.९३ अङ्कले घटेर दुई हजार ३५८.८१ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३४ अङ्कले ओरालो लागेर ४५१.१९ मा झरेको छ ।

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर रु दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आयो । उत्पादन १९४.८१ र लघुवित्त ६.३५ अङ्कले बढ्दा बैंकिङ ७.८६, व्यापार २.२४, होटल तथा पर्यटन ४५.०८, विकास बैंक ९२.४२, जलविद्युुत् ५२.७७, वित्त १७.८५, निर्जीवन बीमा १७०.१९, अन्य ३८.७३, जीवन बीमा १०६.०२, सामूहिक लगानी कोष ०.३७ अङ्कले ओरालो लागेका छन् ।

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु १९ करोड २७ लाख १० हजार ६५१ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ६६ लाख ४१ हजार १३८, कृषि विकास बैंक रु नौ करोड ४४ लाख ९९ हजार ५६९, नबिल बैंक रु आठ करोड ३६ लाख ७८ हजार १२७ र मञ्जुश्री फाइनान्स रु सात करोड पाँच लाख ६७ हजार २२९ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लाग्यो । कृषि विकास बैंक ४.९९, माहुली सामुदायिक लघुवित्त ४.५३ र शिव श्री हाइड्रोपावरको शेयरधनीले ४।२८ प्रतिशतले कमाए ।

त्यस्तै, माउण्टेन इनर्जी ६.१७, नारायणी डेभलपमेन्ट बैंक ५.८६, मैलुङ खोला जलविद्युत् कम्पनी ५.८३, तेह्रथुम पावर कम्पनी ५.३१ र समृद्धि फाइनान्सका लगानीकर्ताले ५.२० प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब १६ अर्ब ५५ करोड ३७ लाख ४१ हजार ७६५ बराबर पुगेको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...