एनएमबि सुपर कावेली खोला – ए तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता
Tuesday Dec 21, 2021
वि.सं.२०७८ पुस ६ मंगलवार १०:०७
काठमाडौं । एनएमबि बैंक सुपर कावेली खोला-ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमता रहेको दुई आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको हो ।
प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको सुपर कावेली खोला(ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमश स्नो रिभर्स प्रा. लि. तथा हिल्टन हाइड्रो इनर्जी प्रा. लि. द्वारा निर्माण भइरहेको हो । यो आयोजनाहरुमा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह(वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।
१३.५ मेगावाट (सुपर कावेली खोला(ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमश २ अर्ब ४१ करोड तथा २ अर्ब १४ करोड रहेको छ । जसमध्ये एनएमबि बैंकको लगानी १ अर्ब ८९ करोड र राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को लगानी १ अर्ब ६७ करोड रुपैयाँ हुने बैंकले जनाएको छ ।
यो आयोजनासमेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।























