CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्सद्वारा देशकै एक नम्बर बीमा कम्पनी भएको दावी, प्रस्तुत गर्यो यस्ता आधार

NIMB
Himalayan Bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै नं १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो ।

कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रूपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी ४०.५० अर्ब रूपैयाँको सर्वाधिक दावी भुक्तानी, ७.१९ अर्ब रूपैयाँको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गते देखि “नेपालकै नं। १” अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए । अभियानमार्फत कम्पनीलाई यस उचाईँसम्म पुर्याउन उल्लेख्य सहयोग तथा सहकार्य पुर्याएका शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत प्रत्यक्षरपरोक्षरुपमा भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए ।

“हामी समग्र जनता माझ जीवन बीमाको महत्व तथा आवश्यकताका बारेमा सचेतना फैलाउन चाहन्छौँ । जीवन बीमाले आफू लगायत आफू सम्बद्धको भविष्यको सुनिश्चितताका लागि प्रदान गर्ने सुविधाहरु सबैले जानुन् र यसलाई विकल्प भन्दापनि आधारभूत आवश्यकताका रुपमा हेरुन् भन्ने हाम्रो चाहना हो”, नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, “स्थापना कालदेखि आजका मितिसम्म आई पुग्दा तपाइहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं। १ जीवन बीमा कम्पनीका रुपमा स्थापित भएका हौं । त्यसैले, यसका लागि हामी हाम्रा समस्त आदर्णिय ग्राहक महानुभाव, शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाहरु प्रति कृतज्ञता ज्ञापन गर्न चाहान्छौँ ।”

कम्पनीको सफलताका बारेमा तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै जनता माझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुष ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस “नेपालकै नं। १” अभियान मार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ । साथै योजना मार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए ।

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण र बीमा क्षेत्रबीच छलफल

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५७

  काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्ड

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट...

वि.सं.२०८३ असार १७ बुधवार ११:३८

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...