बज्र ग्रुप को “सोमानी ग्रान्ड़े” शोरुम उद्घाटन
Thursday Dec 23, 2021
वि.सं.२०७८ पुस ८ बिहीवार १७:२९
काठमाडौं । बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज प्रालि ९बज्र ग्रुप०ले ललितपुर स्थित ढोलाहिटीमा सोमानी ब्राण्डका सम्पूर्ण सामाग्रीहरु बिक्रीवितरण गर्ने उद्देश्यले, ‘सोमानी ग्रान्डे’ शोरुम खोलेको छ । सोमानी सेरामिक्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सोमानीद्वारा एक समारोहबीच उक्त शोरुमको समुद्घाटन गरिएको हो ।

सोमानी सिरामिक्स भारतको सिरमिक उद्योगमा अग्रणीमा पर्दछ। उद्योगमा अग्रगामी र सबैका लागि पछ्याउनको लागि उच्च मापदण्ड तय गर्दै कम्पनीले सोमानी ग्रान्डे आउटलेट लन्च गरेर नेपालमा बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज मार्फत आफ्नो पदचिह्न विस्तार गर्ने बताईएको छ ।
स्थापनाकालदेखि आजको दिनसम्म थुप्रै परियोजनाहरुमा नियमित रुपमा सामाग्रीहरुको बिक्रीवितरण गर्दै आएको यस कम्पनी, ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँ सम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ ।























