CG Electronics
IME Life
NIMB

क्लाउड कम्पुटिङ्गमा लर्ड बुद्ध तथा जेनिशको सहकार्य

NIMB
Himalayan Bank

 

क्लाउड कम्पुटिङ्गको प्रायोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ । उधोग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो मागँ रहेको छ । यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३% ले रोजगार वृद्धी भएको देखिन्छ ।

यस्तो अपार रोजगारीको संभावना रहेको क्षेत्र ( क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नकोलागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसन ९ीद्यभ्ँ० क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमी सगं सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (APU), , मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (B.Sc.IT) / (B.B.M.) विषयमा अध्यापन गराउदैं आएको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले भने “यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौं । साथै यस कार्यकोलागी जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउदाँ अत्यन्तै हर्षित छौं” ।

जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्पुटिङ्गमा विद्यार्थीहरुलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो । जेनेस क्लाउड एकेडेमीले सुचना प्रविधी र प्रबंधनका विद्यार्थीहरुलाई विभिन्न किसीमका उपकरण तथा श्रोतहरु प्रादान गर्ने लक्ष्य राख्दछ जुन उनीहरुले क्लाउड कम्पुटिङ्गको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुकोे साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वन गर्न सक्ने छन । यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको कार्यसजगता निर्माण गर्ने हो, जसले उनीहरु क्लाउड कम्पुटिङ्ग क्षेत्रमा सजिलै प्रवेश गर्न सक्षम हुनेछन ।

जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फ्युयालले यस्तो सहकार्यको आवश्यकता माथी जोड दिदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जी सी ए र जी सी ए का सहयात्री संस्थाहरमा इन्टर्नसीप गर्न पाउने छन भनि बताएका छन् ।

सो कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले पनि संबोधन गरेका थिए ।

कलेजले यस बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकोलागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुकोलागी पुर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृती छनौट समितीले गर्नेछ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...