nic bank
himalayan everesat
Nmb bank

एकीकृत सरकारी कर्मचारी संगठन नेपालले काठमाडौं घोषणापत्र सार्वजनिक

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन नेपालले काठमाडौं घोषणापत्र सार्वजनिक गरेको छ । संगठनले गत १५ मा आयोजना गरेको राष्ट्रिय भेलाले गरेका संगठन पुर्नगठनका निर्णयहरु तथा काठमाडौं घोषणपत्र आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

राष्ट्रिय भेलाले ४१ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै संगठनलाई श्रम तथा ब्यवसायजन्य विभागमा बिधिवत रुपमा चाँडो दर्ता गरी बिधान बमोजिम २०७९ बैशाख २३ र २४ गते राष्टिय अधिवेशन सम्पन्न गर्नका लागि मोहनकुमार घिमिरेको संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ ।

आयोजक समितिमा संयोजकमा मोहन कुमार घिमिरे र सचिवालय सदस्यहरुमा वर्णनाक्रमअनुसार अमृता रावल,केदार अधिकारी,गगन सिंह बिष्ट,गोर बहादुर बुढा,चुडा बहादुर जिसी,चेतनाथ न्यौपाने,जयकान्त झा,जयदेव जोशी,जीवन भण्डारी,टंकनाथ ज्ञवाली,टोप थापा,दयाराम खत्री रहेका छन् ।

प्रेश

यस्तै,दिनेश लम्साल,नृपराज जोशी,नारद धमला,प्रकाश राई,बखत बहादुर खड्का,भिम बहादुर विष्ट,भुवन राई,मधु मिजार,मोहन गिरी,यामबहादुर खत्री,रमेश भण्डारी,राजकुमार दास,राजन रेग्मी,राजेन्द्र सुवेदी,बेद प्रसाद खतिवडा,शरण कुमार गुरुङ,सावित्रा कट्टेल,सिता गुरुङ,सुनैना श्रेष्ठ,श्याम सापकोटा,हरिकाजी राई र हरिदत्त जोशी रहेका छन् ।

यस्तै कूल २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समितिको नामवली समेत सार्वजनिक गरिएको हो ।
संगठनले २०७८ फागुन मसान्तभित्र सबै मातहत कमिटीहरुलाई एकीकृत सरकारी कर्मचारी संगठन नेपालको नाममा रुपान्तरण गर्दै श्रम विभागमा दर्ता प्रक्रियाका लागि हस्ताक्षर संकलन अभियान अवाडि सारेको छ ।

ट्रेड युनियनभित्र देखिएका अर्थवाद, अवसरवाद र अराजकतावादको अन्त्य गर्दै जहाँ सरकार, त्यहाँ सौदाबाजी गर्न पाउनेगरी स्थानीय, प्रदेश र संघमा रहेका कर्मचारीहरु आवद्ध एकीकृत ट्रेड युनियनको अवधारणा अवलम्बन गर्न माग गर्ने निष्कर्ष अगाडि सारेको छ ।

एकीकृत सरकारी कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलाई कर्मचारी मैत्री बनाई तत्काल जारी गर्न एवंं इच्छाबिपरीत समायोजन गरिएका कर्मचारीहरुलाई पुनः एकपटक रोज्न दिने ब्यवस्थाको लागि दबाबमूलक कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...