CG Electronics
IME Life
NIMB

एकीकृत सरकारी कर्मचारी संगठन नेपालले काठमाडौं घोषणापत्र सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन नेपालले काठमाडौं घोषणापत्र सार्वजनिक गरेको छ । संगठनले गत १५ मा आयोजना गरेको राष्ट्रिय भेलाले गरेका संगठन पुर्नगठनका निर्णयहरु तथा काठमाडौं घोषणपत्र आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

राष्ट्रिय भेलाले ४१ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै संगठनलाई श्रम तथा ब्यवसायजन्य विभागमा बिधिवत रुपमा चाँडो दर्ता गरी बिधान बमोजिम २०७९ बैशाख २३ र २४ गते राष्टिय अधिवेशन सम्पन्न गर्नका लागि मोहनकुमार घिमिरेको संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ ।

आयोजक समितिमा संयोजकमा मोहन कुमार घिमिरे र सचिवालय सदस्यहरुमा वर्णनाक्रमअनुसार अमृता रावल,केदार अधिकारी,गगन सिंह बिष्ट,गोर बहादुर बुढा,चुडा बहादुर जिसी,चेतनाथ न्यौपाने,जयकान्त झा,जयदेव जोशी,जीवन भण्डारी,टंकनाथ ज्ञवाली,टोप थापा,दयाराम खत्री रहेका छन् ।

प्रेश

यस्तै,दिनेश लम्साल,नृपराज जोशी,नारद धमला,प्रकाश राई,बखत बहादुर खड्का,भिम बहादुर विष्ट,भुवन राई,मधु मिजार,मोहन गिरी,यामबहादुर खत्री,रमेश भण्डारी,राजकुमार दास,राजन रेग्मी,राजेन्द्र सुवेदी,बेद प्रसाद खतिवडा,शरण कुमार गुरुङ,सावित्रा कट्टेल,सिता गुरुङ,सुनैना श्रेष्ठ,श्याम सापकोटा,हरिकाजी राई र हरिदत्त जोशी रहेका छन् ।

यस्तै कूल २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समितिको नामवली समेत सार्वजनिक गरिएको हो ।
संगठनले २०७८ फागुन मसान्तभित्र सबै मातहत कमिटीहरुलाई एकीकृत सरकारी कर्मचारी संगठन नेपालको नाममा रुपान्तरण गर्दै श्रम विभागमा दर्ता प्रक्रियाका लागि हस्ताक्षर संकलन अभियान अवाडि सारेको छ ।

ट्रेड युनियनभित्र देखिएका अर्थवाद, अवसरवाद र अराजकतावादको अन्त्य गर्दै जहाँ सरकार, त्यहाँ सौदाबाजी गर्न पाउनेगरी स्थानीय, प्रदेश र संघमा रहेका कर्मचारीहरु आवद्ध एकीकृत ट्रेड युनियनको अवधारणा अवलम्बन गर्न माग गर्ने निष्कर्ष अगाडि सारेको छ ।

एकीकृत सरकारी कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलाई कर्मचारी मैत्री बनाई तत्काल जारी गर्न एवंं इच्छाबिपरीत समायोजन गरिएका कर्मचारीहरुलाई पुनः एकपटक रोज्न दिने ब्यवस्थाको लागि दबाबमूलक कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...