‘खल्ती’ बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी सुविधा सुरु
Friday Feb 11, 2022
वि.सं.२०७८ माघ २८ शुक्रवार १९:४४
काठमाडौँ । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौं महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ ।
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तैः जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।
यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेछ कुरामा हामी विश्वस्त छौं । साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा हामीले राखेका छौं ।’
























