CG Electronics
IME Life
NIMB

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वंजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वंजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको अधिंकाश सूचकमा प्रगती देखिएको छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ६४ प्रतिशतले खुद बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएको छ।

कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा एक अर्ब माथि खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६० करोड ९९ लाख खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, पुस मसान्तसम्ममा कम्पनीको मुनाफा भने घटेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा २३ प्रतिशतले घटेको छ। यस त्रैमाससम्ममा कम्पनीले ६ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस त्रैमासको अवधिसम्ममा कम्पनीले १० करोड २६ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको दाबी भुक्तानी १ करोड १३ लाख रुपैयाँ मात्र रहेको थियो । कम्पनीको दाबी भुक्तानी ह्वात्तै बढेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ ।दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको जीवन बीमा कोष ८० प्रतिशतलेवृद्धि भएर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ९९ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३ करोड १८ लाख रुपैयाँ रकम संचिती रहेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...