CG Electronics
IME Life
NIMB

राष्ट्रिय वाणिज्य बैंकमा पैसा राख्दा पाइने व्याज भन्दा सस्तो व्याजमा ऋण पाइने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा पैसा राख्दा पाइने व्याज भन्दा सस्तो व्याजमा ऋण पाइने भएको छ । बैंकले निक्षेपमा दिने व्याज भन्दा कर्जामा लिने व्याज कम भएको हो ।

बैंकहरुले निक्षेपको व्याजदर बढाउँदै लगेपनि राष्ट्र बैंकले गरेको नियामकीय व्यवस्थाको कारण निक्षेपको भन्दा कर्जाको व्याज सस्तो हुने देखिएको हो ।

रावा बैंकले निक्षेपमा दिने अधिकतम व्याज कर्जामा लिने न्यूनतम व्याजभन्दा ४.१२ प्रतिशतले बढी छ । आज (फागुन १ गते) रावा बैंकले प्रकाशित गरेको कर्जाको न्यूनतम (प्राथमिकता प्राप्त क्षेत्र कर्जा) व्याजदर ७.९१ प्रतिशत छ भने निक्षेपको अधिकतम (रेमिटान्स मुद्दति) व्याजदर १२.०३ प्रतिशत छ ।

राष्ट्रिय वाणिज्य (रावा) बैंकबाट प्रवाह हुने सबै प्रकारका कर्जाको व्याजदर मुद्दति निक्षेपको भन्दा कम छ । बैंकले आज (फागुन १ गते) प्रकाशित गरेको व्याजदर अनुसार मुद्दति निक्षेपमा ११.०३ प्रतिशत व्याज दिने भनिएको छ भने सो बैंकबाट प्रवाह हुने सबै प्रकारका कर्जाको अधिकतम व्याजदर १०.६६ प्रतिशत मात्रै हुन आउँछ ।

बैंकहरुले कर्जा दिनको लागि प्रत्येक त्रैमासको अन्त्यमा कायम भएको आधार दरमा प्रिमियम तोकेर व्याजदर निर्धारण गर्न पाउँछन् । गत पुस मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.४२ प्रतिशत भएपनि राष्ट्रिय वाणिज्य बैंकको आधार दर भने ६.६६ प्रतिशत मात्रै छ ।

बैंकहरुले कर्जाको व्याजदर तोक्दा आधार दरमा आफूले लिने प्रिमियम थपेर लिन्छन् । र, कति प्रिमियम थप गरिने हो भन्ने कुराको जानकारी व्याजदर प्रकाशनकै समयमा सार्वजनिक गर्नुपर्छ । राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ४ प्रतिशत प्रिमियम लिने भनेर सुचना प्रकाशित गरेको छ ।

नियामकीय व्यवस्थाको कारण आफूहरुको निक्षेपमा दिनेभन्दा कर्जामा लिने व्याज कम भएको बैंकका डेपुटी कार्यकारी अधिकृत (डीईओ) देवेश प्रसाद लोहनीले बताए ।

‘गत पुस मसान्तको आधार दर ६.६६ प्रतिशत मात्रै हो, त्यसमा बढीमा ४ प्रतिशत प्रिमियम लिएर कर्जाको व्याजदर तोकिन्छ, त्यसैले अहिले हाम्रो बैंकबाट प्रवाह हुने कर्जाको अधिकतम व्याजदर भनेको १०.६६ प्रतिशत मात्रै हो,’ डीईओ लोहनीले भने ।

राष्ट्रिय वाणिज्य बैंकले एक वर्षे मुद्दतिमा दिने ११.०३ प्रतिशत व्याजदरलाई नै आधार मान्दा पनि सो बैंकले सबै प्रकारका कर्जामा (१०.६६ प्रतिशत) लिने व्याजदर निक्षेपको भन्दा ०.३७ प्रतिशतले कम देखिन्छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...