CG Electronics
IME Life
NIMB

युक्रेनमा रहेका २ सय १९ नेपाली दुतावासको सम्पर्कमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

युक्रेन – किएभ । युक्रेनमा रहेका १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरेका छन् । रुसी आक्रमण जारी रहँदा युक्रेनमा रहेकामध्ये १ सय ५० भन्दा बढी नेपाली पोल्याण्ड प्रवेश गरिसकेको नेपाली दुतावासले जनाएको छ ।

जर्मनीस्थित नेपाली राजदुत रामकाजी खडकाका अनुसार हालसम्म २ सय १९ जना नेपाली युक्रेनको विभिन्न भागबाट सम्पर्कमा आएको र त्यसमध्ये १ सय ५० को हाराहारीमा पोल्याण्ड प्रवेश गरिरहेको जानकारी दिनु भयो ।

बीबीसीका अनुसार युक्रेनी नागरिकहरु तीब्र गतिमा युक्रेनबाट भागिरहेका छन् । पोल्याण्ड सरकारले युक्रेनको युद्धबाट भाग्ने जो कोहीलाई पनि ल्याउने र जाने ठाउँ नभएकाहरूलाई अस्थायी आवास दिने प्रतिबद्धता जनाएको छ ।

पोल्याण्डले मानिसहरूलाई आफ्नो सबै आठ सिमा नाकाहरुमा पैदल मार्फत सिमा पार गर्न अनुमति दिइरहेको छ ।

युक्रेनसँगै सिमाना जोडिएका छिमेकी मुलुकहरु स्लोभाकिया र हंगेरीले पनि युक्रेनबाट निस्कन चाहने नागरिकलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका खुल्ला गरिरहेको छ । नेपाली दुतावासले त्यहाँ रहेको नेपालीलाई नजिकका चार वटा छिमेकी मुलुकमा जान आग्रह गरेको थियो ।

नेपाली राजुदत खडकाले पोल्याण्डसँगै स्लोभाकीया र हँगेरीको नाकाबाट पनि नेपाली प्रवेश गरिरहेको सुचना प्राप्त भएको जानकारी दिनु भयो । खडकाले नेपालीहरुको उद्धारको लागि स्लोभाकीया, हँगेरीसहित रोमानीयामा रहेका भारतीय राजदुतावासँग पनि समन्वय भइरहेको जानकारी दिनु भयो ।

राजदुत खडकाले पहिलो चरणमा अहिले त्यहाँ रहेका नेपालीलाई प्रोत्साहन गरेर कसरी सुरक्षीत ठाउँमा पुर्याउने भनेर लागिरहेको बताउनु भयो । युक्रेनमा सुरक्षीत रहेका नेपालीहरु पश्चिम(दक्षिण नाकातर्फ जाने क्रम जारी रहेको खडकाले बताउनु भयो ।

हालसम्म यात्रा अनुमतिपत्र नभएका १० जनालाई नाका प्रवेश गर्न यात्रा अनुमतिपत्र पठाइएसकिएको पनि बताउनु भयो । साथै उहाँले अहिलेसम्म को(कहाँ पुगे भन्ने यकीन तथ्यांक भने उपलब्ध भइनसकेको बताउनु भयो ।

गैर आवासीय नेपाली संघका अनुसार युक्रेनमा चार सयको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ ।

त्यस्तै, रुसी आक्रमण सुरु भएदेखि हालसम्म १ लाख १५ हजार भन्दा बढी मानिस युक्रेनबाट पोल्याण्डमा सीमा पार गरिसकेको जनाइएको छ । पोल्याण्डका आन्तरिक मन्त्री पावेल सेफर्नाकरले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिनु भएको हो ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...