CG Electronics
IME Life
NIMB

भोजपुरमा कांग्रेसको विकल्प कसैले सोचेकै छैनन : सभापति वान्तवा

NIMB
Himalayan Bank

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि भोजपुरको कांग्रेस तातेको छ ।
जिल्ला सभापति विनोद वान्तवाले निर्वाचनको लागि तयारीस्वरुप छलफल र अन्तरक्रिया गर्दै आएको बताएका छन् । केही दिनअघि बसेको जिल्ला कार्यसमितिको बैठकले अनुशासन समितिको संयोजकमा सभापति वान्तवालाई नै चयन गरेको छ ।

१ हजार १ जना सदस्य रहेको निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ यसको संयोजकमा पनि वान्तवा नै रहेका छन् । बैठकले पार्टी महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा हतुवागढीको घोरेटारमा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा षडानन्द नगरपालिकाको दिङ्लामा केही दिनमै कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला सचिव कर्ण मोक्तानको संयोजकत्वमा, जिल्ला सदस्य कृष्ण राई सदस्य रहेको अभिलेख व्यवस्थापन समिति गठन गरेको छ । समितिमा एकजना सदस्य थप गर्ने पार्टीले जनाएको छ ।
‘हामी अब कडा ढंगले अघि बढ्यौं, भोजपुरको कांग्रेसले केही गरेर देखाउँछ’ सभापति वान्तवाले भने ‘ पार्टीमा को को छन् र उनीहरु के के गर्दैछन् भनेर ‘अपडेट’ गर्न अभिलेख व्यवस्थापन समिति गठन गरेका हौं ।’ वान्तवाले सबैलाई समेटेर पार्टीलाई एकढिक्का बनाएर लैजाने स्पष्ट पारेका छन् ।

भोजपुरमा प्रतिनिधिसभामा एउटामात्र क्षेत्र रहेको छ । वान्तवाले प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहमा पनि सानदार जित हुने गरी अभियान अघि बढाइएको बताए । उनले भोजपुरमा कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले भोजपुरमा कांग्रेसको विकल्प कसैले अरु कुनै दललाई नसोचेको समेत जनाएका छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...