CG Electronics
IME Life
NIMB

नबिलमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

NIMB
Himalayan Bank

 

काठमाडौं । नबिलमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति मिलेको छ । दुई बैंकले गाभ्ने र गाभिने सम्बन्धि पठाएको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले सहमति दिएको हो ।

अब दुवैं बैंकले एक आपसमा गाभ्न र गाभिने प्रक्रियालाई तीव्रता दिनु पर्नेछ । राष्ट्र बैंकले गाभ्ने र गाभिने सम्बन्धि सैद्धान्तिक स्वीकृति दिँदै ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरी एकिकृत कारोबार गर्न पनि निर्देशन दिएको छ । यता दुई बैंकले भने प्राप्तिको कार्य ५ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।

गत पुस २९ गते दुई बैंकले प्राप्ति सम्बन्धी समझदारी गरेका थिए । दुई बै‌ंकको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो कायम भएको छ । सो प्रारम्भिक सेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ ।

दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैंकहरुको दीर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंकमा सबै सुचकांकहरुमा अग्रणी हुने विश्वास बैंकको छ ।

नबिलले एनबीलाई प्राप्ति पश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२ अर्ब ५ करोड, कर्जा रकम ३ खर्ब, निक्षेप रकम ३ खर्ब १४ अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ३० अर्ब रुपैयाँ माथी हुने बैंकले जनाएको छ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन् भने ग्राहक संख्या १६ लाख माथी हुनेछन् ।

नबिल र एनबी बैंक दुबैले संयुक्त मर्जररएक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम गत पुस २९ गते सम्झौता भएको थियो । राष्ट्र बैंकले ६ महिनाभित्र एकिकृत कारोबार गर्न निर्देश्न दिएपनि बैंकहरुको मर्जर समितिले भने ५ महिनाभित्रै एकिकृत कारोबार गर्ने गरी काम गर्ने योजना सुनाएको स्रोतको भनाई छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...