Nabil Bank
prabhubank
nic bank

ग्रीन भेञ्चर्सले गर्यो आइपीओ बाँडफाँट, तपाईलाई पर्यो कि परेन ? यसरी हेर्नुहोस् रिजल्ट

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार विहान आइपीओ बाँडफाँट गरेको हो ।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १८ लाख १९ हजार १६ जनाको हात रित्तो भएको छ ।

 

कम्पनीले चैत ८ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

 

निष्काशित कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता कम्पनीका कर्मचारी, १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र २८ लाख ७५ हजार कित्ता सर्वसाधरणका लागि छुटेयाइएको थियो ।

 

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र ग्रीन भेञ्चर्स लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:१९

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ...

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी र आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी...

वि.सं.२०८१ जेठ ६ आइतवार १४:३४

  नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

एम.ए.डब्लू. हायर पर्चेज  (एमएचपीएल)ले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

एम.ए.डब्लू. हायर पर्चेज  (एमएचपीएल)ले ल्यायो आफ्ना ग्राहकका...

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२९

  जेठ ६, २०८१, काठमाडौँ, आजको डिजिटल युगमा हरेक उद्‌योगका...

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो पटक किनमेल बजार

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो...

वि.सं.२०८१ जेठ ६ आइतवार १०:४५

  काठमाडौं । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं...

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

वि.सं.२०८१ जेठ ६ आइतवार ०५:५२

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले इटहरीमा...

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो विराटनगरमा सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो विराटनगरमा सेवा विस्तार

वि.सं.२०८१ जेठ ६ आइतवार ०५:४७

  काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा शाखा स्थानान्तरण मार्फत...