CG Electronics
IME Life
NIMB

२७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने

NIMB
Himalayan Bank

 

सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ । क्यान महासङ्घद्वारा आयोजना हुने प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीमा व्यवसायीहरुले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

त्यसैगरी प्रदर्शनीमा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, वाइफाई तथा इन्टरनेटलगायतका विषयहरु रहनुका साथै व्यवसायीहरुले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टन, यूपीएस र ल्यापटप तथा डेस्कटप जस्ता उत्पादनहरु प्रदर्शन तथा बिक्रीमा राखिने छ ।

महासङ्घका महासचिव नारायण थापाले सूचना प्रविधिसम्बन्धी अध्ययन तथा कार्य गरिरहेका विद्यार्थीको क्षमताको विकास गर्नुका साथै उनीहरुको आइडियालाई प्लेटफर्म प्रदान गर्न र इनोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा उपयोग गर्नु मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...