Nabil Bank
prabhubank
nic bank

यी दुई कम्पनीले आइपीओ जारी गर्न अनुमति पाए, कति-कति कित्ता निष्काशन हुन्छ ?

मिडिया स्पेस सोलुसन्स प्रालि

 

दुई जलविद्युत् कम्पनीले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डबाट बिन्धाबासिनी हाइड्रोपावरले चैत २५ गते र दोर्दी खोलाले चैत २८ गते आइपीओ जारी गर्न अनुमति दिएको हो । बिन्धाबासिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ निष्काशन गर्न पाएको हो । यस कम्पनीले आइपीओ जारी गर्न यसअघि नै सेयर निश्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

त्यस्तै, दोर्दी खोला जलविद्युत्ले पनि प्रतिकित्ता १०० रुपैयाँ दरले २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति पाएको छ। दोर्दी खोलाले सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरेको छ ।

दुवै जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरण दुवैलाई सेयर निष्काशन गर्नेछन् ।

नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार २२:५९

  काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१,...

सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

सिडिओहरुलाई प्रतिवेदन बुझाएर मात्रै रमाना लिन निर्देशन

वि.सं.२०८१ जेठ ६ आइतवार २२:२८

  काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख...

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी चेम्बरको रणनीतिक योजना

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:२३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता...

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:१९

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ...

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक समस्या अन्त्य गर्नुपर्छ: मन्त्री चौधरी

२०८४ मा एमालेलाई एक नम्बर बनाउन आन्तरिक...

वि.सं.२०८१ जेठ ६ आइतवार ०८:५०

  सुनसरी, ५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो : यमन सिंह बोहरा

त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो :...

वि.सं.२०८१ जेठ ५ शनिवार १६:५८

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहप्रशासक तथा त्रिवि शैक्षिक...