CG Electronics
IME Life
NIMB

आज पनि नेप्सेमा भयो भद्रगोल, कुन-कुन कम्पनीको भयो डामाडोल ?

NIMB
Himalayan Bank

 

 

काठमाडौं ।  सेयर बजारमा लगातार पहिरो गएको छ । सोमबार एकैदिन ४४ अंकले घटेको नेप्से आज पनि साढे ३४ अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से ७९ अंकले घटेको छ ।

 

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७५ करोडले घटेर डेढ अर्बमा सीमित भएको छ ।

 

मंगलबार सेयर बजार मापक सूचक नेप्से ३४।७८ अंकले घटेर २३८५।०२ विन्दुमा आइपुगेको छ । यसदिन २३७ कम्पनीको १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको ३७ लाख ८३ हजार २४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २।४ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा, लगानी र अन्य समूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज करोबारमा आएको २३७ कम्पनीमध्ये जम्मा २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको पौने ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंकको ४ करोड र शिवम सिमेन्टको पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ६।५९ प्रतिशतले घटेको छ । त्यसैगरी, न्यादी हाइड्रोपावर ६।०७, घलेम्दी हाइड्रो ५।९०, राष्ट्र उत्थान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

 

त्यस्तै, आँखुखोला, तेह्रथुम पावर, समृद्धि फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...