दुई ठूला बाणिज्य बैंकमाथि राष्ट्र बैंकद्धारा कारवाहीको तयारी
Tuesday Apr 12, 2022
वि.सं.२०७८ चैत २९ मंगलवार २२:२९
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै पटक दुई वटा ठूला वाणिज्य बैंकमाथि कारवाहीको डण्डा बर्साउने भएको छ । बर्ष दिनदेखि मर्जरको प्रक्रिया थालेर लगनाीकर्ताको अर्बौ सम्पत्ति बन्धक बनाएको आरोपमा ती बैंकमाथि राष्ट्र बैंकले कारवाहीको प्रक्रिया अगाडि बढाएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।
बर्ष दिन अघि देखि नै मर्जरको हल्ला चलाए पनि तीन महिना अगाडि गत पुस ३० गतेको हिमालयन बैंकको वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया तुहिएको थियो । मर्जरका नाममा बर्षदिनदेखि सर्वसाधरणका अर्बौ सम्पत्ति बन्धक बनाएका यी दुई बैंकमाथि झण्डै १ खर्ब भन्दा बढी सम्पत्ति बन्धक बनाइएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन ।
नेपाल राष्ट्र बैंकका अधिकारीहरुका अनुसार अहिले ती दुई ठूला बैंकमाथि कारबाहीको निम्ति प्रस्ताव अघि बढाइएको जनाएका छन् । नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण विभागका अधिकृतले यस्लाई पृष्टि गरेका छन् । मर्जरमा धेरै भाँजो हाल्ने हिमालयनलाई धेरै रकमको पेनाल्टी लगाउने प्रस्ताव अहिले केन्द्रीय बैंकको बोर्डमा पुगेको छ ती अधिकृतको भनाई छ ।
दुबै बैंकले मर्ज गर्ने सैद्धान्तिक सहमतिका सबै प्रक्रिया पूरा गरेर पनि एकतर्फी ढंगले हिमालयन बैंकले अर्थ मन्त्रालयदेखि कर्मचारी सञ्चय कोषसम्मको हतकण्डा प्रयोग गरेर उक्त मर्जर प्रक्रियालाई तुहाएको आरोप बैंकमाथि छ । यसैबीच नेपाल इन्भेष्ट बैंकले लाभांस वितरण गर्दा अर्बौ रकम कर छली गरेको बिषयमा राजश्व विभागले चासो दिएको छ । विभागले केही साता अघि बैंकमा छापा समेत मारेका विभागका अधिकारीहरुले जनाएका छन् ।
उता बैंकहरुले मर्जरको हल्ला गरे पनि नयाँ कुनै देखिएको छैन । कहिले मेगा र कुमारी बैंक,कहिले एनसीसी र सिटिजन बैंकबीचको चर्चा चलाइएको छ । एनएमबीको भने अहिलेसम्म कसैसँग पनि मर्जरको नाम सुनिएको छैन























