CG Electronics
IME Life
NIMB

डेपुटी गभर्नर निलम ढुंगनाका ११० निर्णय गभर्नरले उल्टाइदिएपछि

NIMB
Himalayan Bank

 

काठमाडौं । उपल्ला तहका हाकिमलाई सरकारले हटाएलगतै त्यो भन्दा तल्ला तहका कर्मचारीलाई तिनको तस्वीर फालेर आफ्नो टाल्न कतिसम्म हतारो हुँदो रहेछ भन्ने दृश्य रामशाहपथ हुँदै वालुवाटारतिर समेत देखा परेको छ ।

केही महिना अघि सरकारले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउने निर्णय ग¥र्यो । सरकारले महाअभियोग लगाउने निर्णय के भएको थियो सर्वोच्च अदालतको वेभ साइडबाट चोलेन्द्र शमशेर राणाको तस्वीर नै गायब भयो । त्यहाँ कामु प्रधानन्यायधीश दीपककुमार कार्कीको फोटो टाँसियो ।

त्यो तस्वीर पनि केही क्षणमा हटाएर फेरि प्रधानन्यायधीश चोलेन्द्रकै फोटो हालिएको थियो । अहिले त्यहाँ उनको तस्वीर हटाएर कामु प्रधानन्यायधीशको फोटो राखिएको छ । यो रोग अहिले वालुवाटारमा समेत सरेको छ । यसअघि गत चैत २५ गते अर्थमन्त्रालयको सिफारिसमा क्याबिनेटले २४ गते नै छानबिनको निम्ति कमिटी गठन गरेपछि उनी तत्काल निलम्बनमा परेका थिए ।

अर्थमन्त्री जर्नादन शर्माले आफ्नो गल्ती ढाकछोप गर्ने नाममा गभर्नर महाप्रसाद अधिकारीलाई हटाए । उनीविरुद्ध छानबिन कमिटी बन्यो । छानबिन कमिटीमा बदनाम न्यायधीश पुरुषोत्तम भण्डारीलाई संयोजक बनाए । जसै सरकारले गभर्नर अधिकारी हटाउनृ निर्णय सार्वजनिक भयो । तत्कालै नेपाल राष्ट्र बैंकको वेव साइडबाट गभर्नर अधिकारीको तस्वीर उडाइयो र त्यहाँ कामु गभर्नरको रुपमा झापाली निलम ढुंगनाको नाम राखियो ।

त्यो निर्णय मात्र होइन उनै निलमले यो बीचमा गरेका एक सय भन्दा बढी निर्णय समेत उल्टाइएको नेपाल राष्ट्रबैंक स्रोतले जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अस्तिको साताको सोमबारको सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुँयालको एकल इजलाशले दिएको अन्तरिम आदेशबाट बहाल भइसकेका छन् ।

सर्वोच्चले अन्तरिम आदेश पाएसँगै गभर्नर अधिकारी आफ्नो जिम्मेवारी सम्हाल्न बैंक पुगेका छन् । त्यहाँ पुग्दा यो १२ दिनको बीचमा राष्ट्रबैंकको कामु गभर्नर निलम ढुंगनाले ११० भन्दा बढी निर्णयमा हस्ताक्षर धस्काइसकेको भेटिएको थियो ।

ती सबै निर्णय उल्टाइएको नेपाल राष्ट्रबैंक स्रोतले जनाएको छ । हालै मात्र नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिकोत्सवको मनाएको छ । सोही बार्षिकोत्सवका सेरोफेरोमा कायम मुकायम गभर्नर ढुंगनाले गरेका ११० वटा निर्णय गभर्नर अधिकारीले उल्टाइदिएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...