NABIL BANK AD
NIC ASIA BANK –  AD
prabhu life ad long

नेप्सेले आज लय समात्यो, कति भयो कारोबार ?

NMB BANK AD
DISHHOME  AD
Citizen Life  Ad

SUNRISE BANK AD
laxmi bank  AD
global bank  ad lamu

 

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । गत साता ११७ अंकले घटेको नेप्से यस साताको पहिलो कारोबार दिनमा दोहोरो अंकले लयमा फर्केको हो ।

 

सूचकमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । गत साता औसतमा दैनिक सवा १ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज पनि सोही हाराहारीम कारोबार भएको छ ।

 

आइतबार नेप्से १७।९१ अंकले बढेर २२५६।५४ विन्दुमा पुगेको छ । यसदिन २३३ कम्पनीको १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँ बराबरको ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ र माइक्रोफाइनान्स बाहेक बाँकी सबै ११ समूहको परिसूचक बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३।३५ प्रतिशतले बढेको छ । त्यस्तै, होटल त्यस्तै, होटल, विकास बैंक र हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज करोबारमा आएको २३३ कम्पनीमध्ये जम्मा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरीको साढे ४ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, घलेम्दी हाइड्रोपावर ८।८२, माउन्टेन इनर्जी ८।६६, हिमालयन ऊर्जा ७।५८, श्री इन्भेष्टमेन्ट ७।०८, साहस ऊर्जा ६।५१, ज्योति लाइफ, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रोपावर, आँखुखोला, खानीखोला र सिनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।
ध्चष्तभ तय क्बचख्भलमचब ल्ष्चबगीब

NMB BANK AD
NIC ASIA BANK –  AD
prabhu bank

पुँजीबजार सुधार समितिसँग लगानीकर्ता संगठनको छलफल

पुँजीबजार सुधार समितिसँग लगानीकर्ता संगठनको छलफल

वि.सं.२०७९ असार १५ बुधवार २२:३१

  काठमाडौं । पूँजी बजार सुझाव समितिले आज लगानीकर्ताका विभिन्न...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई कार्कीद्वारा कुर्सी हस्तान्तरण

नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई कार्कीद्वारा कुर्सी...

वि.सं.२०७९ असार १४ मंगलवार २०:४०

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई प्रभाव दैनिकका प्रबन्ध...

सिटिजन्स बैंक र अलफ्ट काठमाण्डौबीच छुट समझदारी

सिटिजन्स बैंक र अलफ्ट काठमाण्डौबीच छुट समझदारी

वि.सं.२०७९ असार १० शुक्रवार २१:१४

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँदेवी कम्प्लेक्स...

आयल निगम र भारतस्थित आयल कर्पोरेशन दुवैले मिलिभगत गरेको तथ्याङ्क फेला,पेट्रोलियम कर ५० प्रतिशत घटाउन निर्देशन

आयल निगम र भारतस्थित आयल कर्पोरेशन दुवैले...

वि.सं.२०७९ असार १० शुक्रवार २०:४१

  काठमाडौं । नेपाली जनतालाई निकै महंगो इन्धनको भार थोपर्ने...

बक्याैता सबै भुक्तानी हुने भन्दैं बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न बाेर्डकाे आग्रह

बक्याैता सबै भुक्तानी हुने भन्दैं बिमितहरुलाई नियमित...

वि.सं.२०७९ असार १० शुक्रवार ०९:३८

काठमाडौं । अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम लागु बन्द गर्ने घोषणा...

५ देखि ११ वर्षका बालबालिकालाई विहिबारदेखि कोभिडविरुद्धको खोप दिइँदै

५ देखि ११ वर्षका बालबालिकालाई विहिबारदेखि कोभिडविरुद्धको...

वि.सं.२०७९ असार १० शुक्रवार ०९:२६

काठमाडौँ । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई विहिबारदेखि कोभिड...