एक सातामा ५ अर्ब निक्षेप थपियो, कहिले के भएको थियो ?

वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:२१

एक सातामा ५ अर्ब निक्षेप थपियो, कहिले के भएको थियो ?बैंकिङ प्रणालीमा पछिल्लो एक सातामा ५ अर्ब निक्षेप थपिएको छ । चरम तरलता अभाव झेलिरहेका बैंकहरुमा वैशाख चौथो साता ५ अर्ब निक्षेप थपिएको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वैशाख १६ गतेदेखि २३ गतेको अवधिमा बैंकिङ प्रणालीमा उक्त निक्षेप थपिएको हो । वैशाख १६ गतेसम्म कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २३ गतेसम्म ४३ खर्ब ७३ अर्ब कायम भएको छ ।
सोही अवधिमा निक्षेप बढे पनि कर्जा लगानी भने ४ अर्बले घटेको छ । वैशाख १६ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २३ गतेसम्म ४१ खर्ब ९३ अर्बमा झरेको छ । वैशाख महिनाको २३ दिनमा कुल १६ अर्ब निक्षेप घटेको छ भने ४ अर्ब कर्जा घटेको छ । चैत मसान्तसम्म बैंकहरुमा ४३ खर्ब ८९ अर्ब निक्षेप थियो भने ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको थियो ।