CG Electronics
IME Life
NIMB

युनियन लाइफ इन्स्योरेन्सको घट्यो नाफा, कति कमायो ?

NIMB
Himalayan Bank

युनियन लाइफ इन्स्योरेन्सको खुद नाफामा भारी गिरावट आएको छ । इन्स्योरेन्सले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २ करोड ७२ लाख खुद मुनाफा कमाएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा ६६.९४ प्रतिशत कम हो । कम्पनीले गत आवको सोही अवधिमा ८ करोड २५ लाख खुद मुनाफा कमाएको थियो । इन्स्योरेन्सले नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम छुट्याउनु परेकाले खुद नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीले नोक्सानी व्यवस्थापनका लागि ११ करोड १८ लाख रुपैयाँ छुट्याएको छ ।

समीक्षा अवधिमा युनियनकोे खुद बीमा शुल्क संकलन ९४ करोडले बढेर ५ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको चैतसम्म कम्पनीले ५ अर्ब ५ करोड बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानी ८ करोडले बढेर ५५ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यस्तै, बीमालेख धितोबाट ६ करोड ९२ लाख आम्दानी गरेको छ । सोही अवधिमा कम्पनीले २ अर्ब ३५ करोड दाबी भुक्तानी गरेको छ ।

हाल २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५६.४७ रुपैयाँ रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ । तयारी गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...