IME Life
NIMB

विदेशी टुथपिक र सिन्काको भन्सार बृद्धि गर्न स्वदेशी उद्यमीको माग

NIMB
Himalayan Bank

 

काठमाडौं । विदेशी टुथपिक र सिन्काका कारण स्वदेशी उद्योग धरासायी बनेपछि साना लगानीका उद्यमीहरुले बाँसबाट उत्पादन हुने तयारी बस्तुको भन्सार बृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् । भन्सार छली तथा न्यून भन्सारको कारण बाँसजन्य उद्योगहरु समस्यामा पर्दै गएपछि यस्तो सुझाव अघि सारेका हुन् ।

बाँस तथा काठबाट उत्पादित तयारी बस्तुको आयातमा न्यून मात्रामा लाग्दै आएको छ । भन्सार विभागका अनुसार आव २०७७÷७८ मा टुथपिकको नाममा १६ हजार ७५२ केजी र टुथपिक अन्यको नाममा ६० हजार ५४५ केजी बस्तु आयात भएको देखिन्छ । तर, नेपालका हरेक रेष्टुरेन्टमा प्रयोग हुने टुथपिक यो भन्दा कैयौं गुणा बढि आयात हुने भएपनि भन्सार छली गरी नेपाल भित्रँदै आएको कुसुम एकीकृति कृषि फार्म मकवानपुरका सञ्चालन मनकुमार न्यौपानेले बताए । न्यून भन्सार शुल्क तथा भन्सार छलीका तयारी बस्तुका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकी नेपाली उद्योगहरु बन्द हुन नदिन सरकार सचेत हुनुपर्ने उद्योगीहरुको सुझाव छ ।

नेपालमा सञ्चालित स–साना घरेलु तथा मेशिनबाट उत्पादन गर्ने बाँसबाट बस्तु उत्पादन गर्ने उद्योगहरु बाँच्नको लागि भन्सार बृद्धि अनिवार्य भएको कुसुम एकीकृत पशु तथा कृषि फार्ममा सञ्चालक न्यौपानेको भनाई छ । उनले भने, ‘हामी शत् प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्छौ, शत प्रतिशत स्वदेशी श्रम लगाउँछौं, रोजगारी बढाउँछौं तर न्यून भन्सार भन्सारमा कडा चेकजाँच नहुँदा उद्योग धरासायी भयो ।’

नेपालमै शतप्रतिशत कच्चा पदार्थ पाइने तथा स्वदेशी श्रम प्रयोग गरी तयारी बस्तु उत्पादन गर्न सकिने भएपनि चीन तथा भारतीय बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा बाँसबाट बन्ने तयारी बस्तुले प्रतिस्पर्धा गर्न नसकी खुलेका उद्योगहरु समेत विगतमा बन्द भएको न्यौपानेको भनाई छ । भैरहवाको नेपाल बेम्बो र इटहरीको सारा नेपालले व्यवस्थापन गरेको बाँसबाट तयारी बस्तु उत्पादन गर्ने उद्योग बन्द भएको उनले गुनासो गरेका छन् ।

सरकारले प्रभावकारी नियमन गरेर भन्सार छली रोक्ने तथा भन्सार बृद्धि गरेर स्वदेशी उद्योगलाई सहुलियत दिएमा बार्षिक करोडौं रुपैयाँ विदेश जानबाट रोकिने तथा स्वदेशमा रोजगारी बृद्धि हुने व्यवसायीहरुको भनाई छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...