nic bank
himalayan everesat
Nmb bank

विदेशी टुथपिक र सिन्काको भन्सार बृद्धि गर्न स्वदेशी उद्यमीको माग

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । विदेशी टुथपिक र सिन्काका कारण स्वदेशी उद्योग धरासायी बनेपछि साना लगानीका उद्यमीहरुले बाँसबाट उत्पादन हुने तयारी बस्तुको भन्सार बृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् । भन्सार छली तथा न्यून भन्सारको कारण बाँसजन्य उद्योगहरु समस्यामा पर्दै गएपछि यस्तो सुझाव अघि सारेका हुन् ।

बाँस तथा काठबाट उत्पादित तयारी बस्तुको आयातमा न्यून मात्रामा लाग्दै आएको छ । भन्सार विभागका अनुसार आव २०७७÷७८ मा टुथपिकको नाममा १६ हजार ७५२ केजी र टुथपिक अन्यको नाममा ६० हजार ५४५ केजी बस्तु आयात भएको देखिन्छ । तर, नेपालका हरेक रेष्टुरेन्टमा प्रयोग हुने टुथपिक यो भन्दा कैयौं गुणा बढि आयात हुने भएपनि भन्सार छली गरी नेपाल भित्रँदै आएको कुसुम एकीकृति कृषि फार्म मकवानपुरका सञ्चालन मनकुमार न्यौपानेले बताए । न्यून भन्सार शुल्क तथा भन्सार छलीका तयारी बस्तुका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकी नेपाली उद्योगहरु बन्द हुन नदिन सरकार सचेत हुनुपर्ने उद्योगीहरुको सुझाव छ ।

नेपालमा सञ्चालित स–साना घरेलु तथा मेशिनबाट उत्पादन गर्ने बाँसबाट बस्तु उत्पादन गर्ने उद्योगहरु बाँच्नको लागि भन्सार बृद्धि अनिवार्य भएको कुसुम एकीकृत पशु तथा कृषि फार्ममा सञ्चालक न्यौपानेको भनाई छ । उनले भने, ‘हामी शत् प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गर्छौ, शत प्रतिशत स्वदेशी श्रम लगाउँछौं, रोजगारी बढाउँछौं तर न्यून भन्सार भन्सारमा कडा चेकजाँच नहुँदा उद्योग धरासायी भयो ।’

नेपालमै शतप्रतिशत कच्चा पदार्थ पाइने तथा स्वदेशी श्रम प्रयोग गरी तयारी बस्तु उत्पादन गर्न सकिने भएपनि चीन तथा भारतीय बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा बाँसबाट बन्ने तयारी बस्तुले प्रतिस्पर्धा गर्न नसकी खुलेका उद्योगहरु समेत विगतमा बन्द भएको न्यौपानेको भनाई छ । भैरहवाको नेपाल बेम्बो र इटहरीको सारा नेपालले व्यवस्थापन गरेको बाँसबाट तयारी बस्तु उत्पादन गर्ने उद्योग बन्द भएको उनले गुनासो गरेका छन् ।

सरकारले प्रभावकारी नियमन गरेर भन्सार छली रोक्ने तथा भन्सार बृद्धि गरेर स्वदेशी उद्योगलाई सहुलियत दिएमा बार्षिक करोडौं रुपैयाँ विदेश जानबाट रोकिने तथा स्वदेशमा रोजगारी बृद्धि हुने व्यवसायीहरुको भनाई छ ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...