CG Electronics
IME Life
NIMB

क्यान्सर रोकथामका लागि नेपाल भारतका विशेषज्ञहरूको कार्याशाला

NIMB
Himalayan Bank

काठमाडौं ।  नेपाल र भारतका अग्रणी क्यान्सर विशेषज्ञहरूले काठमाडौंमा एक कार्याशाला गोष्ठी सम्पन्न गरेका छन् ।

नेपालमा बढ्दो टाउको र घाँटीको क्यान्सर न्यूनिकरणको लागि असार ४ गते शनिबार काठमाडौंको र्‍याडिसन होटलमा एक दिने कार्यशाला सञ्चालन गरिएको हो । टाउको र घाँटीको क्यान्सर उपचारमा विरामीहरूको लागि विभिन्न मुलुकमा भइरहेका नविनतम प्रविधिहरूको अध्ययन र छलफल भएको थियो ।

कार्यशालाले सर्वसाधारणमा क्यान्सर सम्बन्धी जनचेतना फैलाउने कुरामा पनि ध्यान केन्द्रित गरेको बताइएको छ । साथै टाउको र घाँटीको क्यान्सरमा उपचार व्यवस्थापन, पुन: पलाउने क्यान्सरका उपचारका विकल्पहरूमा पनि छलफल गरिएका थिए।

कार्यक्रममा नेपालको तर्फबाट नेपाल क्यान्सर अस्पतालको घाँटी र टाउको विभाग प्रमुख डा. प्रभात ठाकुर त्यस्तैगरी डा. सुदीप श्रेष्ठ सहभागी थिए भने भारतको तर्फबाट फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट, गुरुग्रामका डा. एके आनन्द, डा. अंकुर बहल, डा. वेदान्त काबरा, डा. इशिता बी सेन र डा. नेहा कक्कड सहभागी थिए ।

कार्यक्रममा फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट, गुरुग्रामका डा. एके आनन्दले भने, “नेपालमा पछिल्लो समयमा टाउको र घाँटीमा क्यान्सरका बिरामीहरूको सङ्ख्या बढिरहेको छ । सूर्तिजन्य पदार्थहरूको प्रयोगमा कमि ल्याउन सरकारले अझै कडा नीति नियमहरू ल्याउनुपर्ने देखिन्छ ।”
सूर्तिजन्य पदार्थहरूको सेवनले घाँटीमा क्यान्सर हुन्छ भन्ने चेतनाको अभिवृद्धि गर्नुपर्ने देखिन्छ । कार्यक्रममा डा. आनन्दले भने ।
फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट भारतका प्रमुख क्यान्सर अस्पतालहरूमध्ये एक हो। यहाँ क्यान्सरका बिरामीहरूको लागि नविनतम प्रविधि र दक्ष डाक्टरहरूको सेवा उपलव्ध गराइने समेत कार्यक्रममा जानकारी दिइयो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...