नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई कार्कीद्वारा कुर्सी हस्तान्तरण

वि.सं.२०७९ असार १४ मंगलवार २०:४०

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई प्रभाव दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीले २० थान प्लाष्टिकको कुर्सी मंगलबार हस्तान्तरण गरेका छन् ।
शाखाका अध्यक्ष सूर्य सुवेदी र कार्य समिति सदस्य रमेश कुमार बोहोरालाई संयुक्त रुपमा कार्कीले कुर्सी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शाखाकी उपाध्यक्ष अप्सरा गौतम, सचिव महेश्वर गौतम, सह–सचिव हेमबहादुर राणा, कार्य समिति सदस्य रमेश लामिछाने, उपत्यका प्रदेश समितिका सदस्य विष्णु गिरी, पत्रकार एकराज दाहाल, विएन दाहाल, ताराचन्द्र देवकोटा,अमिर लामा,पदमसागर कक्षपतिलगायत झण्डै दुई दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रबन्धक निर्देशक कार्कीले कार्य समिति सदस्य रमेश कुमार बोहोराको आग्रहमा शाखालाई २० थान कुर्सी उपलब्ध गराएको जनाए । आगामी दिनमा पनि शाखालाई सक्दो सहयोग गर्ने कार्कीले बताए । अध्यक्ष सुवेदीले शाखालाई सहयोग गरेकोमा कार्कीलाई धन्यवाद दिए । अध्यक्ष सुवेदीले शाखाका सदस्यहरुलाई समस्या पर्दा शाखाले सक्रियता देखाउँदै आएको पनि जनाए ।